सार्वजनिक यातायातमै १४ वर्षे बालिका बलात्कृत

ललितपुर,  २५चैत/ ललितपुरमा सार्वजनिक यातायातमा १४ वर्षे बालिका बलात्कृत भएकी छिन् । दाइले गाली गरेपछि घरबाट भागेकी १४ वर्षे एक बालिका चैत १८ गते ललितपुर स्थित बालकुमारीमा बलात्कृत भएकी हुन् । बालिका दाइसँग सामान्य विवाद भएपछि भागेकी थिइन् । उनी राति ८ बजे बालकुमारी चोकमा उभिरहेकी थिइन् ।

ती बालिकालाई बा १ ख ६९६६ नम्बरका बस​ चालकले कहाँ जान लागेको भनेर सोधे । बालिकाले साथीको घरमा जान लागेको बताइन् । चालकले म पुर्‍याइदिन्छु भन्दै गाडीमा बस्न आग्रह गरेका थिए । बालिका गाडीमा बसिन् । गाडीमा अरु यात्रु कोही पनि थिएनन् ।

सिन्धुपाल्चोकको सिरुवारी–६ घर भएका चालक सागर नेपालीले खाना खुवाएर बालिकालाई साथीको पु¥याइदिने भन्दै खान खुवाउन होटलमा लगे ।खाना खुवाइसकेपछि बालिका एक्लै भएको मौका छोप्दै गाडीमा ल्याएर बलात्कार गरेको ललितपुर प्रहरीले जनाएको छ । बालिका बलात्कृत भएपछि स्थानीयबासिन्दाले थाहा पाएर घटना स्थल पुग्दा चालक फरार भएका थिए । उनलाई प्रहरीले सिन्धुपाल्चोकबाट चैत २४ गते पक्राउ गरेको छ ।

कमेन्टहरु
Loading...