११ बर्षिया बालिकाको सामूहिक बलात्कार गर्ने दुई भारतीय पक्राउ

कात्तिक, २६ गुलरिया / बाख्रा चराउन गएकी बर्दियाको बढैयाताल गाउँपालिकाकी ११ वर्षीया बालिकाको सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ परेका छन् ।

प्रहरीले बलात्कारको जानकारी पाउने वित्तिकै संलग्न दुई किशोरलाई पक्राउ गरेको हो । रुँदै घर आएकी बालिकाले आमालाई घटनाबारे बताएकी थिइन् । गाउँलेले घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीका अनुसार आरोपित उत्तर प्रदेशको बहराइच मोतीपुरका १५ र १६ वर्षीय किशोर पक्राउ परेका छन् ।

कमेन्टहरु
Loading...