छोरी बलात्कार गरेको आरोपमा उपसचिव पक्राउ

काठमाडौं, २८ जेठ/छोरीलाई बलात्कार आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव पक्राउ परेका छन् ।

महोत्तरी घर भई हाल ललितपुर बस्दै आएका उपसचिवलाई मंगलबार महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई पीडितको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

प्रहरीमा करणीको उजुरी पर्नसाथ उनी मन्त्रालयबाट निलम्बनमा परिसकेका छन् । प्रहरीले उनीमाथि अनुसन्धान सुरु भएको बताएको छ ।

कमेन्टहरु
Loading...