लिफ्ट मागेकी महिलालाई बलात्कार गर्ने चालक र सहचालक पोखराबाट पक्राउ

पोखरा, १४ असार /नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सहचालकले ट्रकभित्र बलात्कार गरेका छन् ।

नवलपुनबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ परेका छन् ।

ट्रकका चालक मोरङ उर्लाबारी नगरपालिका–३ सूर्यचोकका ३० वर्षीय विमल ढकाल र सहचालक ३२ वर्षीय गोपाल भण्डारीविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको छ । उनीहरुले व्यास १२ छिर्कनेस्थित सडक किनारमै ट्रक रोकेर बलात्कार गरेका थिए ।

उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको हो । दुवैजनालाई तनहूँ जिल्ला प्रहरी कार्यालयमा बुझाएर अनुसन्धान भैरहेको कास्की प्रहरी प्रबक्ता डिएसपी राजन केसीले जानकारी दिए ।

कमेन्टहरु
Loading...