बेगनासताल विराट ज्ञान महायज्ञमा १ करोड संकलन

लेखनाथ, २८ मंसिर/राष्ट्रिय परोपकार महासंघको आयोजना र बिभिन्न संघ संस्थाको सहयोगमा पोखरा ३१ वेगनासताल मन्दरे पार्कमा मंसिर २२देखि शुरु भएको श्रीमद भागवत विराट ज्ञान महायज्ञमा श्रदालु भक्तजनहरुको उल्लेखिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

भागवत भाष्कर कमलनयन गौतमले संगितमय प्रवचन भइरहेको महायज्ञ अन्तर्गत शुक्रबार सम्म १ करोड संकलन भएको मुल समारोह समितिका कोषाअध्यक्ष गंगाराम सुवेदीले जानकारी दिए । कार्यक्रममा पोखरा महानगरपालिका उपमेयर मन्जु देवी गुरुङले वेगनास क्षेत्रको समग्र विकासका लागि र भागवत भाष्कर कमल नयन गौतमको परिकल्पनालाई साकार पार्न पोखरा महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

पोखरा महानगरपालिका वडा नं.२६,२७,२८,२९,३०,३१,३२,३३ का वडा अध्यक्षहरु सहभागीता रहेको शुक्रवारको कार्यक्रममा पोखरा ३१ का वडा अध्यक्ष कमल बहादुर थापाले वाराह मन्दिर निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यसै गरी सर्वेश्रेष्ट दानवीर पोखरा ३१ वेगनासताल निवासी कृष्ण प्रसाद ढुंगानाले पवित्र कार्यक्रमा आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण धर्म अनुरागी एवम् भक्तजनहरुलाइ खुलेर सहयोग गर्न आग्रह गरे । कृष्ण प्रसाद ढुंगाना र रामेश्वर ढुंगानाबाट रु २ लाख २५ हजार ५ सय ५५ सहयोग गरेका थिए ।

यसै गरी वेगनास भंगेरी निवासी तिलक प्रसाद अधिकारीले कि.नं. ७० को ४ आना जग्गा अनुमानीत मूल्य ८ लाख वारावरको जग्गा दान गरेका छन् । पोखरा ३१ वेगनास धनुवास निवासी मणिराज कंडेलले ३ लाख वारावरको वराह मन्दिरमा कलात्म गजुर राख्ने प्रतिवद्धता व्यक्त गरे ।

यसै गरी आजको कार्यक्रममा नगद रु २७ लाख ५६ हजार , जग्गा ८ लाख, गजुर ३ लाख सहित ३८ लाख ५६ हजार संकलन भएको सुवेदीले बताए । यसै गरी महायज्ञमा भानुभक्त पौडल ११ हजार ५५, चक्रपाणी÷विष्णु गौतम मोहरीयाबाट ११ हजार १ सय ११, सिता देवी रानाभाट डाँडाको नाक ५० हजार ५ सय ५५, सनकराज÷शान्त कुमारी लामिछाने २५ हजार ४ सय ५२, दुर्गा अधिकारी वेगनासतालबाट २५ हजार १ सय २५, सरोज अधिकारी ११ हजार १ सय ११, अशोक विसी १० हजार १ सय ५, नन्द प्रसाद तिवारी पोखार ३१ शान्तिनगरबाट ५५ हजार ५ सय ५५ , सिता लामिभछाने माझिकुना २५ हजार ४ सय, गजेन्द्र रानाभाट ११ हजार १ सय १२, दाजु भाइ मिनी मार्केट ११ हजार १ सय ११, प्रेमराज खनाल वेगनासतालबाट १ लाख १ हजार १ सय ११, रामेश्वर पोख्रेल पोखरा चाउथे १० हजार १ सय १०, सरस्वती वराल ११ हजार १ सय ११, पूर्व कर्मचारी सेवा परिसद कास्की पोखरा २० हजार १५, हरि प्रसाद गुरुङ २१ हजार १ सय २५, विर वहादुर वराल ११ हजार ५५, राममणी÷कल्पना अधिकारी वेगनासतालबाट ५६ हजार १ सय ८, सिता कार्की वेगनासताल थप २० हजार, वेदनाथ ओझा वेगनासताल १० हजार १ सय ५५, शिवालय टोल विकास संस्था पोखरा ३१बाट १५ हजार १ सय १५, हिमलाल वास्तोला १२ हजार ३ सय ४५, भक्त वहादुर जिसी पोखरा २६बाट २१ हजार, उमादेवी भण्ढारी पोखरा २९बाट २५ हजार ५ सय २५, लक्ष्मीकान्त पौडेल पचभैयाबाट १० हजार १ सय ५ , शान्तसिंह ठकुरी पोखरा ढुंगेपाटनबाट २५ हजार ५ सय २५, नव प्रगतीसिल आमा समुह १०हजार ६ सय १६, खेम प्रसाद गुरुङ १० हजार ५५, उज्वल आमा समूह पोखरा २६ सक्नेरी बाट १० हजार ५ सय २५, नव प्रगती सिल आमा समुह डाँडाको नाक १० हजार ६ सय १६, खेम प्रसाद गुरुङ पोखरा १५ १० हजार ५५, आदर्श युवा क्लब ११ हजार १ सय ११, कृष्ण प्रसाद ढुंगाना÷रामेश्वर ढुंगाना वेगनासताल २ लाख २५ हाजर ५ सय ५५, टिका राम तिवारी पोखरा ३१ शिवालय चोक २० हजार, सिद्धार्थ ज्वलर्स सुन चाँदी पसल ११ हजार १ सय ११, केशवराज तिवारी शिवालय चोक ३१बाट ३६ हाजर १ सय, वेगनसाताल टोल विकास संस्थाबाट ११ हाजर १ सय ११, पुरुषत्तम अधिकारी पचभैयाबाट ११ हजार ३ सय ११, राजेन्द्र ओझा शिशुवाबाट २५ हजार ८ सय ८८ , लेखनाथ उद्योग वाणिज्य संघ ११ हजार १ सय ११, ग्लोबल आइ एम इ बैंक वेगनासताल १५ हाजर ५ सय ५५, जयकला पून वेगनासतालबाट ५५ हजार ५ सय ५५, शिव प्रसाद चालिसे पोखरा ८ सृजना चोकबाट २५ हजार १०, कास्की परोपकार महासंघ जेष्ठनागरीक मिलन केन्द्र १२ हजार ६५, वामदेव कोइराला वेगनासतालबाट ५७ हजार ७ सय ७७, अर्जुन प्रसाद लम्साल २० हजार ५ सय ५५, गिरीधरी पौडेल १० हाजर ५ सय ५५, डिल्लिरमण तिवारी थप २० हाजार , होटल सांग्रिला रिसोर्ट प्रालि १ लाख ११ हजार १ सय ११, पार्वती गुरुङ ११ हाजर १ सय ११, टुकराज लामिछाने मोहरीयाबाट ११ हजार दान गरेका छन् । २९ गते शनिवार ४ बजे विराट ज्ञान महायज्ञ समापन हुने भएकाले सम्पुर्ण श्रदालु भक्तजन एवम् धर्मअनुरागीहरुलाइ उपस्थितिका लागि मुल आयोजक समितिले आग्रह गरेको प्रचार प्रसार उपसमितिका संयोजक मोती गिरीले जानकारी दिए ।

कमेन्टहरु
Loading...