औरा बारमा शुक्रबार (आज) जोइन्ट फेमली इन्टरनेशनलले धुम मच्चाउने

पोखरा, २७ असार/लेकसाइड अम्बोटमा अबस्थित औरा बार एंड लाउन्जमा शुक्रबार आज काठमाडौंको रेगी ब्याण्ड जोइन्ट फेमली इन्टरनेशनलले आफ्नो प्रस्तुति देखाउने छ ।

माया, खुसि र रमाइलोको लागि संगीत भन्ने उदेश्यले स्थापना भएको यो ब्याण्डले पोखरामा पहिलो पटक आफ्नो प्रस्तुति दिन लागेको हो । गत बैशाख बाट संचालनमा आएको पोखराको एकमात्र अत्याधुनिक मियुजिक सिस्टम र साउण्ड प्रुफ भएको औरा बार एंड लाउन्जले हरेक दिन लाइभ ब्याण्ड र अबेर राति सम्म डिजे म्युजिक संचालन गरिरहेको छ ।

अन्य बारको भन्दा फरक ढंगले आन्तरिक र बाह्य पर्यटकलाइ सेवा दिन रेगुलर ब्याण्ड सहित फरक संगीतलाइ अझ बढी प्राथमिकता दिएको औराले जनाएको छ । जोइन्ट फेमली इन्टरनेशनलका मुस्कुराउनु, रेड आइज , हे बत्ति देउता लगाएतका गित संगीतप्रेमी माझ चर्चित छन । संगीत प्रेमीको लागि आजको औरा नाइट फरक स्वादको हुने औराले जनायको छ ।

त्यस्तै आगामी साउन ८ गते अर्थात् जुलाई २४ तारिख बुधबार चर्चित ब्याण्ड रबिन एंड द न्यु रिभ्लुसनले औरामा आफ्नो दमदार प्रस्तुति दिने छ । गत आइतबार बेंगलोरको चर्चीत ब्याण्ड गिरिस एंड द क्रोनिकल्सले औरमा हार्ड रक संगीतको स्वाद चखाएको थियो ।

कमेन्टहरु
Loading...