मैत्रिपुर्ण क्रिकेट प्रतियोगितामा अष्ट्रेलीयालाई कास्कीले हरायो

पोखरा, २४ चैत्र/पोखरामा बुधबार सम्पन्न भएको एक दिने मैत्रिपुर्ण क्रिकेट प्रतियोगितामा कास्की जिल्ला क्रिकेट संघले पाहुना टोली अष्ट्रेलीयाको नरर योमिङ क्रिकेट क्लवलाई ५९ रनले पराजित गरेको छ । टस जितेर पहिला व्याटिङ गरेको कास्कीले अष्ट्रेलीयाको टोलीलाई ५९ रनको अन्तरले पराजित गरेको हो ।

मैत्रिपुर्ण क्रिकेट प्रतियोगितामा अष्ट्रेलीयालाई कास्कीले हरायो
मैत्रिपुर्ण क्रिकेट प्रतियोगितामा अष्ट्रेलीयालाई कास्कीले हरायो

नेपाली राष्ट्रिय खेलाडी विधान श्रेष्ठको कप्तानिमा मैदानमा उत्र्रिएको कास्कीले निर्धारित ३० ओभर खेल्दै ६ विकेटको क्षेतिमा २ सय १७ रनको योगफल तयार पारेको थियो । पाहुना टोली नरर योमिङले २७ ओभरमा अलआउट हुदै १ सय ५८ रनमै समेटिन पुग्दा कास्कीसंग पराजित भएको हो । कास्कीको जितमा कप्तान विधान श्रेष्ठले ८१ रनको योगदान दिए । म्यान अफ दी म्याच घोषित श्रेष्ठ नटआउट हुदै उक्त रन जोडेका हुन ।

कास्कीका दिपेन्द्र चन्दले ४५, शिव सुवेदीले ३८, रिजन प्रजुले १४ रनको योगदान दिए । कास्कीको जितमा जिमी गुरुङले ३ र प्रदिप राउतले २ विकेट लिएका हुन । नरर योमिङका डेनियलले ५१, लुकासले ४८ रन जोडेका थिए भने मालले २ विकेट लिएका हुन ।

पिटरको नेतृत्वमा नेपाल आएको अष्ट्रेलीयाको १५ सदस्य एक टोली १८ दिने नेपाल भ्रमणको क्रममा बुधबार कास्कीको टोलीसंग मैत्रिपुर्ण क्रिकेट खेल खेलेको कास्की जिल्ला क्रिकेट संघका सचिव संजयकान्त सिग्देलले बताए । अष्ट्रेलीयाको उक्त टोलीले यस अघि चितवनमा दुई खेल खेलेको थियो भने अब कास्कीको दामगढी स्कुलसंग एक खेल खेल्ने भएको बताइन्छ । पिटरको टोली नेपालमा यस अघि दुई पटक आइ सकेको छ भने पुनः आगामी बर्षमा पोखरामा दुई खेल खेल्ने गरी आउने भएको छ । यस्तो प्रतियोगिताले पोखरामा पर्यटक बढाउन सहयोग मिल्नुका साथै खेलाडीले खेल सुधार्ने मौका पाउने संघ कास्कीका सचिव सिग्देलले बताए ।

कमेन्टहरु
Loading...