कार्तिक २३ शनिबार​ आनन्दित गृह नेपालले सांगीतिक साँझ गर्ने

पोखरा, १८  कार्तिक /आनन्दित गृह नेपालले आगामी शनिबार​ सांगीतिक साँझ गर्ने भएको छ । ज्येष्ठ नागरिकको संरक्षण गर्ने उदेश्य राखेर पोखरा १२ माटेपानीमा स्थापना भ​एको गैह्र सरकारी सामाजिक संस्था आनन्दित गृह नेपालले ज्येष्ठ नागरिक मैत्री भौतिक संरचना निमार्णको लागि कार्तिक २३ गते शनिबार  सांगीतिक साँझ गर्न लागेको आईतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

कार्तिक २३ शनिबार​ आनन्दित गृह नेपालले सांगीतिक साँझ गर्ने

लेक साइडको रोलिङ्घ स्टोन रक बारमा कार्तिक २३ गते शनिबार  दिउसो ३ बजे देखि साँझ ७ सम्म सांगीतिक कार्यक्रम हुने संस्थाका अध्यक्ष डाक्टर यज्ञमान शाक्यले जानकारी दिए । विगत ६ वर्ष देखि बृद्धहरुलाई सेवा दिदै आइरहेका आनन्दित गृहले बृद्धहरुको दैनिक जिवन सहज बनाउन उक्त भौतिक संरचना थप गर्न परेको अध्यक्ष शाक्यले बताए ।

कार्यक्रममा नेपाल कै चर्चित गायक सोनुप पौडेल,सीमा संगौला,अष्टेलियामा बसोबास गर्ने ख्याती प्राप्त कलाकार केनेड प्रधान लगायतको सांगीतिक प्रस्तुती रहने सांगीतिक कार्यक्रम संयोजक हेम पुनले जानकारी दिए ।

कार्यक्रममा खर्च कटाएर ४ लाख बच्ने आयोजक अपेक्षा रहेको छ । यही कार्यक्रमको लागि अहिले सम्म छिमेकी र लोकमान गुरुङ्घको तर्फ बाट ५० हजार,झलकलाल र सबिना श्रेष्ठको तर्फबाट २० हजार,विष्णु कुमार गुरुङ,स्मार्ट ओपन एकेडेमी र डाक्टर सुमेरन श्रेष्ठ बाट १०/१० हजार प्राप्त भईसकेको सचिव रोमा राउत शाक्यले बताइन् ।

अपाङ्घ मैत्रि ज्येष्ठ नागरिक शौचालय तथा स्नान गृह निर्माण,पुर्ण कालिन अशक्त्त ज्येष्ठ नागरिकलाई लिफ्ट गर्ने सामाग्री,फिजियोथेरापी गर्ने सामाग्री र दिवा सेवा कार्यक्रम नियमित संचालन गर्न आर्थिक सहयोगको लागि सांगीतिक कार्यक्रम गर्न लागेको सचिव रोमा राउत शाक्यले बताइन् । कार्यक्रमका लागी लेकसाइडमा रहेको होटल पञ्चरत्न होटल पार्टनरका रुपमा रहेको छ भने टिकट सौजन्य इमेज कपिर्यस गरेको छ ।

२०७० साल देखि संचालनमा रहेको आनन्दित गृह नेपालमा १४ जनालाई आवासिय र  ४० जनालाई दिवा सेवा दिने क्षमता  रहेको छ​ ।गृहमा अहिले भने ९ जना जेष्ठ नागरिकहरुले आवासिय सुबिधा लिदै आएका छन् । न्युनतम शुल्क प्रति महिना १२ हजार रुपैयाँमा आवासिय सुबिधा प्रदान गरिदै आएको छ भने दिवा सेवाको लागि अहिले सम्म कुनै शुल्क नलिने गरिएको संस्थाका सचिब रावत शाक्यले जानकारी दिईन्।

कमेन्टहरु
Loading...