विमानस्थल क्षेत्रमा अक्षरयात्रीः बाँकी घरबास उठेन भनेर खुसी हुनुपर्छ

पोखरा १७ भदौ

दिनुपर्छ सरकारले हामीलाई उचित निकास
विचल्लीमा पर्छौ भने लैजाऊ विकास

कवि शंकर ज्ञवालीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित क्षेत्रमा पुगेर गीतका यी हरफ सुनाए ।

विमानस्थलका लागि सरकारले थप जग्गा अधिग्रहण गर्ला, नगर्ला भन्ने त्रासमा रहेका प्रभावित क्षेत्रका वासिन्दाका

पक्षमा उनले तद्स्थानीय रचना सुनाएका हुन् ।

सरकारले विमानस्थल बनाउँदा उचित मुआब्जा दिनपर्ने, विस्थापितको पीडा र समस्याको हल हुनुपर्ने पक्षमा

शनिबार पोखराका केही कविहरुले प्रभावित क्षेत्रमै पुगेर कविता लेखेर सुनाए ।

उड्दै आउनेछन् हावासरी
विशाल बहुतले हावाजहाजहरु
र, ल्याण्डिङ गर्नेछन्
हाम्रा घर, आँगन र खेतबारी पुरेर बनाएको
ठूलो अन्तर्राष्ट्रिय बिमानस्थलमा

नवनीत साहित्य सागरका अध्यक्षसमेत रहेका कवि लक्ष्मण थापाले स्थानीयका खेतबारी पुरेर बनेको विमानस्थलले

आहात होइन विकास हुँदैछ भन्ने राहत दिलाउनुपर्ने कविता भाव व्यक्त गरे । सन्दर्भ थियो, १ सय ५७ औं

अक्षरयात्राको । गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै विभिन्न

फरकफरक ठाउँमा अक्षरयात्रा गर्दै आएको छ । त्यसैक्रममा भदौको शृंखला विमानस्थल प्रभावित क्षेत्रमा भएको

हो । अक्षरयात्राका सहभागीले विमानस्थल निर्माण गर्दै गर्दा प्रभावित क्षेत्रका वासिन्दाको दीर्घकालीन समस्याको

पनि हल गर्नुपर्ने आवाज उठाए ।

राम्रो छोड सम्बन्ध टुटेन भनेर खुसी हुनुपर्छ
खुलेआम हामीलाई लुटेन भनेर खुसी हुनुपर्छ
यो निर्माणले कसको हित हुन्त बता ए समय
आफ्नो बाँकी घरबास उठेन भनेर खुसी हुनुपर्छ

कवि शितल गिरीले विमानस्थल प्रभावित क्षेत्रमै पुगेर मुक्तकका यी हरफहरु सुनाए । आफ्नो थातथलो छुट्ने,

नछुट्ने, अरुको घरबास उठेर पनि आफ्नो उउठ्दा खुसी हुनेपर्ने अवस्थाको सिर्जना भइरहेकोप्रति कवि गिरीले

इंकित गरे ।

प्रभावित क्षेत्रमा पुगेका केही कविहरुले तद्स्थानीय रचना लेखेर सुनाए भने केहीले त्यहाँको अवस्था र स्थानीयका

दुखलाई नियालेर फर्केका छन् । अक्षरयात्रामा कवि हेमन्त हितैसी, गोविन्दरवण पराजुली, मोहन भण्डारी, भरत

पोखरेल लगायतले विमानस्थल र सरकारले लगाएको करमाथि रचना सुनाए ।

प्रभावित क्षेत्रको नेतृत्व गरिरहेका संघर्ष समितिका संयोजक तथा कवि गनेस पौडेलले स्थानीयको अवस्थाका

विषयमा जानकारी गराएका थिए । ‘मझेरीपाटन, छिनेडाँडा पोखराका पुरानोमध्येको गाउँ हो । यहाँको आफ्नै

मौलिक महत्व, परम्परा र संस्कृति छ,’ पौडेलले भने, ‘विमानस्थलकै कारण विस्थापित हुँदा उसको ठाउँमात्रै

छुट्दैन, पुस्तेनी सम्बन्ध, संस्कार, संस्कृति र एउटा समाजै छुट्ने स्थिति छ ।’

सन्ध्याका अध्यक्ष अमृत सुवेदीले महिनाको तेस्रो शनिबार ‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ भन्ने

उद्घोषका साथ जीवनलाई नजिकबाट नियालेर तद्स्थानीय रचनामार्फत आवाजहरुलाई उजागर काम

अक्षरयात्राले गर्दै आएको बताए । ‘अक्षरयात्रा निरन्तर चल्ने साहित्यिक अभियान हो । यात्रामा जुन ठाउँ पुग्छौं,

त्यहाँको जीवन र जगतलाई यर्थाथतालाई तद्स्थानीय सिर्जनामार्फत बाहिर ल्याउने काम गछौं,’ अध्यक्ष सुवेदीले

भने ।

विमानस्थल निर्माणका लागि थप जग्गा अभिग्रहण गर्नका लागि भन्दै पत्र पुगेपछि प्रभावित क्षेत्रका वासिन्दा

आन्दोलनमै उत्रिए । सरकारको गौरवको परियोजनाका लागि पनि दीगो हिसाबले नसोचि पटक–पटक जग्गा

अधिग्रहण गर्ने र उचित मुआब्जा पनि नपाउने भएकाले आन्दोलित स्थानीय आन्दोलित भएका छन् । सरकारले

स्थानीयको सहमतिमै थप जग्गा अधिग्रहण गर्ने आधिकारिक भनाइ आएपछि यतिबेला आन्दोलन भने रोकिएको

छ ।

कमेन्टहरु
Loading...