दोश्रो लामाचौर साँझको तयारी पुरा

पोखरा, ३१ चैत /एसी ब्रदर्श युनाइटेडको आयोजनामा शुक्रबार हुने दोश्रो लामाचौर साँस्कृतीक साँझको तयारी पुरा भएको छ ।

नववर्ष २०७४ सालको अवसरमा लामाचौरस्थित इन्द्रराज्य मावि लामाचौर चोकमा हुने उक्त साँस्कृतीक साँँझमा मन्त्र ब्याण्डको विषेश प्रस्तुती रहने छ । त्यसैगरि स्थानिय लक्ष्य ब्याण्ड तथा नटराज कला केन्द्रका कलाकारहरुको विविध प्रस्तुती रहने आयोजक समितिका अध्यक्ष शंकर केसीले जानकारी दिए ।

दमकल दरिद तथा लामाचौर क्षेत्रमा सोलार लाइट जडान गर्न अक्षयकोष स्थापना गर्ने उद्येश्यका साथ हुन लागेको कार्यक्रममा झण्डै साढे १० लाख आम्दानी, साढे ७ लाख खर्च र तीन लाख बचतको अनुमान गरिएको प्रचाार प्रसार संयोजक सविन जिसिले बताए ।

कमेन्टहरु
Loading...