शहरी क्षेत्रमा मृगौला रोगीको संख्या बढ्दो

गणेशबहादुर भुजेलको दुवै मृगौलाले काम गर्न छाडेको छ । मृगौला फेर्न लाखौं रुपियाँ खर्च लाग्छ । पारिवारिक आयस्रोत केही पनि छैन् । आर्थिक अभावमा उनी अहिले हप्तामा दुई पटक हेमोडायलोसिस गर्दै आएका छन् । डायलोसिस गर्न उनलाई समाज कल्याण समिति पोखरा–१० ले आर्थिक सहयोग जुटाउन पहल गरिरहेको छ । सहयोग रकमबाट भुजेलको मणिपाल शिक्षण अस्पतालमा मृगौलाको डायलोसिस गर्दै आएका छन् ।

पोखराको रामबजारमा बस्दै आएका भुजेल अहिले समाज कल्याण समितिको भवनमा बस्दै आएका छन् । समितिले ‘गणेश बचाउ अभियान’ शुरु गरेको छ । समितिका पदाधिकारीले आर्थिक सहयोगको अपिल गरेका छन् । एकलाख ५३ हजार रुपियाँ संकलन गरिसकेको गणेश बचाउ अभियानका संयोजक डा. कृष्ण केसीले पत्रकार सम्मेलनमा जानकारी दिए । समितिमा आवद्ध सर्वसाधारण तथा अन्य संघसंस्था र व्यक्तिविशेषले आर्थिक सहयोग दिएका छन् ।

गणेशको मृगौला नै फेन पर्ने भएका कारण करिब ३० लाख खर्च लाग्ने समितिले जनाएको छ । उनीमात्रै होइनन्, पछिल्लो समय मृगौला रोगीको संख्या बढ्दै गएको छ । ग्रामीणदेखि शहरी क्षेत्रका सर्वसाधारण मृगौला रोगबाट ग्रसित छन् । सामान्य इन्फेक्सनबाट समेत मृगौलामा समस्या उत्पन्न हुने चिकित्सकहरु बताउँछन् ।

कमेन्टहरु
Loading...