प्रचण्डलाई पार्टी अध्यक्ष कदापि बनाइने छैन , बरु अन्य दल संग तालमेल गरिने छ : ओलि

१० पौष / अहिले को कम्युनिष्ट पार्टीको अध्यक्ष बन्ने भन्ने विषयमा एमालेभित्र ठुलै विवाद छ । एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु तत्काल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अध्यक्ष बनाउन नहुने पक्षमा छन् भने, एमाले नेता झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमको प्यानल प्रचण्डलाई अध्यक्ष मानेर एकता गर्नुपर्ने पक्षमा छन् ।

एमाले माओवादी चुनावी तालमेलमा जानुअघि नै कार्यकारी पद विभाजन गर्नुपर्छ भन्ने सहमति दुवै दलबीच भएको थियो । तर निर्वाचनको परिणामपछि एमालेका नेतृत्वहरुले बोली फेरिरहेका छन् ।

हालै बसेको एमालेको स्थायी कमिटि बैठकमा ओलीले प्रचण्डलाई तत्काल अध्यक्ष मान्न नसक्ने प्रष्ट पारेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे एमाले उपाध्यक्ष वामदेव गौतमको घरमा बसेको बसेको बैठकमा शीर्ष नेतालाई बिफिङ गर्दै ओलीले हाल प्रचण्डलाई अध्यक्ष मान्दा सरकार सञ्चालन र संगठन परिचालनमा बाधा पुग्न सक्ने बताए ।

कमेन्टहरु
Loading...