पोखराको बिजयपुरमा टाईम बम पड्किदा पत्रकार पाण्डे सहित तीज जना घाईते

पोखरा, ८ फागुन/पोखराको बिजयपुर खोला नजिकैको सडक टाईम बम पड्किदा पत्रकार घनश्याम पाण्डे र प्रहरी जवान घाईते भएका छन् ।

शंकास्पद बस्तु भएको थाहा भएपछि रिपोर्टिङ गर्न पुगेका पाण्डेको दाहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ । पाण्डेसँगै एकजना प्रहरी जवान र अर्का एक सर्वसाधारण पनि घाईते भएका छन् ।

पत्रकार पाण्डेको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । पत्रकार पाण्डे रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत छन् । प्रहरी र आर्मीको टोली बिजयपुर खोला पुगेर अनुसन्धान गरीरहेको छ ।

कमेन्टहरु
Loading...