नविन काफ्लेले उचाले ‘विग आईकन’को उपाधी

विग एफएमको आयोजनामा वर्षेनी हुँदै आएको सांगीतिक प्रतियोगिता ‘विग आईकन’ अन्तरगत नविन काफ्ले यो वर्षको आईकन बनेका छन् । पोखरा सभागृहमा भरिएका खचाखच दर्शकका सामु उनले विग आईकनको उपाधी उचाले । विग आईकनको उपाधीसगै काप््mलेले १ लाख ५० हजार मुल्य बराबरको महिन्द्रा ड्युरो स्कुटर समेत प्राप्त गरेका छन् ।

सामसुङ ग्यालेक्सी वाई विग आईकन २०१२ अन्तरगत फाईनलिस्ट प्रतिस्पर्धीहरु आशिष दास दियाली र दर्शन गुरुङलाई एसएमएस भोटिङले पछाडी पार्दै काफ्ले तेस्रो सँस्करणको विग आईकन बन्न सफल भएका हुन् । यो वर्षको विग आईकनमा फाईनलिस्ट बनेका दर्शन गुरुङ फस्ट रनरअप बने भने आशिष दास दियाली सेकेन्ड रनरअप बन्न सफल भए । फस्ट रनरअपको उपाधीसंगै गुरुङले ७५ हजार रुपैँया बराबरको ल्यापटप प्राप्त गरे भने सेकेन्ड रनरअप भएका दियालीले ५० हजार रुपैँया बराबरको ल्यापटप प्राप्त गरे ।

करिब दुई महिनासम्म चलेको प्रतियोगितामा ४६ जिल्लाका कुल ६ सय ७० जना गायन प्रतिभाहरुले सहभागिता जनाएका थिए । विग आईकन भएसंगै काफ्लेले आफुले दुई महिनासम्म गरेको दुखको फल प्राप्त गरेको प्रतिक्रिया दिए । ‘संगीतमा केहि गर्छु भनेर नै मैले विग आईकनमा भाग लिन आएको थिएँ ।’
उनले भने–‘संगीतप्रतिको मेरा लगाव र दुखको फल आज पाउँदा म निकै खुशी र दंग छु ।’ उपाधी संगै काफ्लेले जोजिजु म्यूजिक सेन्टरको तर्फबाट ६ महिनाको लागी निशुल्क संगीत प्रशिक्षण लिने मौका समेत पाएका छन् । काफ्लेलाई नेपाली फिल्मकी चर्चित नायिका रेखा थापाले विजेता घोषणा गरेकी थिईन् ।

विजेता घोषणा गर्दै नायिका रेखा थापाले विग आईकनका फाईनलिस्टहरुलाई आफ्नो आगामी फिल्मको पाश्र्वगायनमा स्थान दिने घोषणा समेत गरिन् । ‘मैले मेरो फिल्मको गीतहरुहरुमा यस्ता प्रतिभाहरुलाई स्थान दिँदै आएको छु र त्यसको निरन्तरता स्वरुप विग आईकनका फाईनलिस्ट प्रतिस्पर्धीहरुलाई पनि आगामी फिल्ममा गीत गाउने दिने प्रतिबद्धता गर्दछु ।’ नायिका थापाले भनिन्–‘मलाई विग आईकनका यी गायन प्रतिभाहरु साँच्चिकै प्रतिभावान भएको मैले पाएको छु ।’ शुक्रबार भएको ग्य्राण्ड फिनालेमा टप १० मा परेका सम्पुर्ण प्रतिस्पर्धीहरुले आ–आफ्नो प्रस्तुती दिएका थिए । त्यस्तै कार्यक्रममा निर्णायक श्यामसुङ तामाङ र यस अघिका विग आईकनद्वय गगन पुन र सुमन गौतमले पनि प्रस्तुती राखेका थिए । तेस्रो सँस्करणको विग आईकनको निर्णायकहरुमा संगीतकर्मी श्यामसुङ तामाङ, सुनील थापा र असिम शेरचन रहेका थिए ।

कमेन्टहरु
Loading...