देउवाद्वारा राजिनामा दिने तयारी , आजै नयाँ प्रधानमन्त्री

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन् । उनले भर्खरै देशवासीका नाममा सम्बोधन गर्दै आजै राजीनामा दिने घोषणा गरेका हुन् ।

             निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको सम्पूर्ण परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष हिजो पेश गरेको थियो । त्यसपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो । आजै वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी आफूहरुसँग स्पष्ट बहुमत भएको भन्दै केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा दावी गरिसकेको छ । सम्भवतः राष्ट्रपति भण्डारीले आजै केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछिन्

कमेन्टहरु
Loading...