गठबन्धन फुटाउन तिर नलाग्न काङ्ग्रेसलाई प्रचण्डको आग्रह

२२ पौष २०७४/पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई वामपन्थी शक्तिहरुलाई फुटाउनेतिर नलाग्न आग्रह गरेका छन् ।

शुक्रबार भरतपुर महानगरपालिकाको पहिलो नगरसभालाई सम्बोधन गर्दै दाहालले कम्युनिष्ट शक्तिहरु फुट्दा देशको विकास र समृद्धि नहुने भन्दै फुटाउनतिर नलाग्न कांग्रेसलाई आग्रह गरेका हुन् ।

उनले भने, ”अघि कांग्रेसका नेताहरुले मलाई भावी प्रधानमन्त्री भन्नुभयो। तर, म गठबन्धनलाई बलियो बनाएर अघि बढ्ने पक्षमा छु । तपाईं मिल्नेलाई मिल्न दिनुस्, फुटाउनेतिर नलाग्नुस्। हामी फुट्दा फुट्दा देशको दुर्गति भयो, अब देश बनाउने बेला  आएको छ। हामी कम्युनिष्टहरु मिल्दा तपाईहरु पनि खुसी हुनुस्। बरु तपाईं कांग्रेसहरु पनि मिल्नुस्, मिल्दा मात्र देशको हित हुन्छ, विकास र समृद्धिको चाहना पूरा हुन्छ। हामी सबै मिल्नेतिर लागौं, अब कसैलाई फुटाएर राजनीति गर्नेतिर नसोचौं।”

अध्यक्ष दाहालले बाम गठबन्धन भारत र चीन परस्त नभई नेपाल परस्त भएको पनि बताए ।

आजको समाचार पत्रबाट-

कमेन्टहरु
Loading...