ओलि यस कारण अढाई वर्ष मात्र प्रधानमन्त्री हुन पाउने छन

नेकपा एमालेका अध्यक्ष केपी ओली अढाई वर्ष मात्रै प्रधानमन्त्री बन्न पाउने भएका छन् । ओलीले पाँच वर्षे कार्यकालको बाँकी अवधि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाडिदिनुपर्ने भएपछि अढाई वर्ष मात्र प्रधानमन्त्री बन्न पाउने भएका हुन् ।

आफ्नै पूर्व अनुबन्धनका कारण ओलीले अढाई वर्ष मात्रै प्रधानमन्त्री बन्ने भएका हुन् । गत असोजमा दशैंको टिका सकिएलगत्तै बसेको एमालेको बैठकमा अध्यक्ष केपी ओलीले माओवादीसँगको सम्झौताबारे तयार पारिएको ड्राफ्ट प्रस्तुत गरेका थिए । जसको तीन नम्बर बुँदामा ‘निर्वाचनपछि सरकारको नेतृत्व आलोपालो गर्ने’ उल्लेख गरिएको थियो ।

कमेन्टहरु
Loading...