इमेज च्यानल प्रसारणमा रोक लगाएको प्रति प्रेस युनियनको निन्दा

जनतालाई सुसुचित गर्दै आएको स्वतन्त्र संचार संस्था इमेज च्यानलको प्रशारण काटिएको सम्बन्धमा नेपाल पे्रस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको । इमेज च्यानलले सरकारले गरेका मनपरी निर्णय, दण्डहीनतालाई प्रश्रय दिन सरकार स्वयं उत्रेको अवस्था, मुलुकमा भएको चरम भ्रष्टाचार, सत्ता र शक्तिको आडमा भैरहेका अपराधीकरण र खुलेआम लूटतन्त्रको विरुद्धमा आवाज उठाएकै कारण इमेज च्यानलको प्रशारण काटिएको भन्ने बुझिएको बताउदै विज्ञप्ती जारी गर्दै ध्यानकर्षण भएको जनाएको छ । यो कदम यो देशलाई अन्धकारमा धकेलेर अधिनायकवादी शासन सञ्चालन गर्ने एकिकृत माओवादी र त्यससंग आबद्ध गठबन्धन सरकारको षडयन्त्रको एउटा रुप भएको विज्ञप्तीमा उल्लेख छ । नेपाल पे्रस युनियनले सरकारको यस्तो स्वतन्त्र पे्रस तथा अभिब्यक्ति स्वतन्त्रता बिरोधी, लोकतन्त्र बिरोधी निरंकुश तथा  अधिकानायकबादी क्रियाकलापको घोर भतर््सना र निन्दा गरेको महासचिब शिव लम्साल द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

स्वतन्त्र पे्रसमाथि पुरै धावा बोलेर तिनलाई आफ्नो भजनमण्डलीमा रुपान्तरण गर्ने र सरकार कुकृतिहरु जनता सम्म पुग्न नदिन सरकारले अपनाएको यस्तो रबैया बिरुद्ध आन्दोलनमा उत्रन सबै स्वतन्त्र पे्रस तथा अभिब्यक्ति स्वतन्त्रता पक्षधर तथा लोकतन्त्रवादी आमनागरिकलाई युनियन आब्हान गरेको छ । सञ्चारकर्मी र सञ्चारमाध्यमहरुले स्वतन्त्रता र निर्भयतापूर्वक समाचार संकलन गर्न, प्रसारण तथा प्रकाशन गरेर जनताको सूसचित हुन पाउने हक माथि भएको निन्दनीय कार्यको युनियनले घोर निन्दा र भत्र्सना गरेको छ । इमेज च्यानल आइतबार साझ पाँच पछि केबुल प्रदायक संघ संस्थाले रोक लगाएका छन् ।

कमेन्टहरु
Loading...