टीभी किन्न तरकारी खेती

६ जेठ, पाल्पा । पहिले टीभी हेर्न गाउँका ‘ठूलाबडा’ कहाँ जानुपथ्र्यो घरधन्दा सकेर राति गाउँकै धेरै जना जम्मा भएर एकै ठाउँमा टीभी हेर्थे । आजकाल घरैपिच्छे टीभी भइसक्यो । हरेक छानामा डिस एन्टेना टाँगिएका छन् । दोभान गाविसमा भनिन्छ, ‘एन्टेना भएको घरमा तरकारी पाइन्छ ।’944212_345675585536027_516105785_nतरकारी खेतीबाट आयआर्जन गरी परिवारको आर्थिक हैसियत बढेको हो दोभानमा । ‘एन्टेना त एउटा देखिने संकेत भयो । तरकारीबाट धेरै उन्नति भएको छ । त्यसबाट प्रविधिको सुविधामात्र हैन । छोराछोरी पढाउन धौधौ हुनेले पनि बोर्डिङ पढाउँछन्,’ सुमन बगाले मगरले भने ।

कतिपयले तराई क्षेत्रमा जग्गा पनि किन्न थालेका छन् । दुई बर्ष अघिसम्म भने यस्तो अवस्था नभएको गाविस सचिव यादब अर्यालले भने कान्तिपुर दैनिकमा खबर छ । cp.

कमेन्टहरु
Loading...