पर्यटकले पोखराका होटल भरिभराउ

सागर राज तिमिल्सिना /पोखरा, २९ असोज/पर्यटकीय सिजन सुरुवात सँगै पोखराका होटलका कोठाको अग्रिम बुकिङ र पर्यटकले भरिभराउ भएका छन् । तारे देखि पर्यटकस्तरीय होटलका कोठा अग्रिम बुकिङ भै सकेका छन् । अग्रिम बुकिङ नगरि आएका पर्यटकले पोखराका तारे होटलमा कोठा पाउने छैनन् भने अन्य पर्यटक स्तरीय होटलमा पनि मुस्किलले कोठा पाउ छन् । पोखरामा यस वर्ष देखि अफसिजनमा पनि प्रशस्त पर्यटकहरु आएको होटल सन्चालकहरु आएको बताउ छन् ।

tourist pokraraसिजनमा रामै पर्यटक आउने पोखरामा अफ्सिजनमा पनि पर्यटक आउन थाले पछि कतिपय होटलले व्यवस्थापमा समेत हम्मे हम्मे परेको बताएका छन् । पर्यटन व्यवसायी नवराज अधिकारीले चिनियाँ पर्यटकका कारण यो पटक पोखराका अफ्सिजन नै नभएको बताउ छन् । तारे मात्र नभई पर्यटकीय स्तरका अन्य होटलमा पनि यतिबेला पर्यटको अभाव छैनन् । पयर्टकले भरिएपछि कोठा पु¥याउनै मुस्किल भईरहेको व्यवसायीले बताउ छन् । व्यवसायीका अनुसार गतवर्ष पोखरामा विदेशी पर्यटकहरु मात्रै ३ लाख बढि विदेशी पर्यटक भित्रिएका थिए ।

यो सिजनको आगमनले पनि पोखरामा अघिल्लो वर्षजस्तै पर्यटक आउने व्यवसायीको भनाई छ । बन्द हड्ताल जस्ता विरोधका कार्यक्रम नहुने हो भने पोखरामा अघिल्लो वर्षजस्तै विदेशी पर्यटक आउने पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले बताउ छन् । पर्यटक अभावमा केहि वर्षअ घिसम्म अफसिजनका बेला पोखराका होटलमा पाहुना अभावमा खर्च धान्न नसकेर ऋण नै खोज्नुपर्दथ्यो । रेस्टुरेन्ट व्यवसायीले तीन महिनासम्मका लागि बन्द गरेर कर्मचारीलाई बिदा समेत दिन्थे । तर, पछिल्लो समय यहाँका व्यवसायीलाई चिनियाँ पर्यटकले ठुलो राहत दिएका छन् ।

असारदेखि भदौसम्मको अवधिमा होटल चलाउन ऋण खोज्नुपर्ने अवस्थाका व्यवसायीले अहिले थोरैधेरै आम्दानी गर्न सफल भएको व्यवसायीहरु बताउ छन् । पर्यटकीय सिजनका लागी पोखराका नाम चलेका होटल बाराही, फिस्टेल, साङग्रीला, ग्राण्ड, फुलबारी लगाएतका होटल करिब दुई महिनाका लागी पुरा बुकिङ्ग भैसकेका छन् । पोखराको लेकसाईडमा साना र ठुला गरि करिब ४ सय होटल छन् । ती होटलमा करिब ७० अर्ब रुपैयाँको लगानी रहेको व्यवसायीको भनाई छ । पोखरामा विदेशी मात्रै हैन स्वदेशी पर्यटकले पनि भरिभराउ छन् अहिले पोखराका होटलहरु । दशैको विदाको अवसर पारेर पोखरमा घुम्न आउने नेपालीहरुको पनि ठुलै भिड् छ पोखरामा । नेपालमा आउने विदेश पर्यटक मध्ये पोखरामा ४० प्रतिशत पर्यटकहरु आउने गरेका छन् । उनिहरु पोखरा र राउण्ड अन्नपुर्ण घुम्नका लागी आउने गर्दछन् ।

कमेन्टहरु
Loading...