भिटोफको चारदिने होम स्टे ट्रेल अन्वेशण

पोखरा, १० माघ/ग्रामिण पर्यटनको विकासका लागि प्रवद्र्धनात्मक कार्य गर्दै आएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश नं. ४ को आयोजनामा ४ दिने होम स्टे ट्रेल अन्वेशण कार्य सोमबार सम्पन्न भएको छ । कास्की जिल्लाको मादि गाउँपालिका वडा नं. २, ताङतिङमा रहेको ताङतिङ होम स्टेदेखि वडा नं. ३ याङ्जाकोटमा रहेको याङ्जाकोट होम स्टेसम्मको पदमार्ग अन्वेशण गरिएको थियो ।

मादी गाउँपालिका भित्र रहेका हरेक पर्यटकीय क्षेत्रहरुको पहिचान गरि वृहत गुरुयोजना अन्तरगत पर्यटकिय क्षेत्रमा विकासका कार्य गर्न गाउँपालिका लागि परेको मादी गाउँपालिकाका प्रमुख वेदबहादुर गुरुङ (श्याम)ले वताए । पदयात्राको पहिलो दिन सहभागी समाजसेवी नरेशशंकर पालिखेले पर्यटकिय गाउँहरुको विकासमा सरकारका आँखा कहिल्यै पर्न नसकेको गुनासो व्यक्त गर्दै गाउँलेहरु आफैले पर्यटनको क्षेत्रमा गरेको कार्यलाई सबैले सहयोग गर्नुपर्ने वताए।

मादी गाउँपालिका वडा नं. २ का अध्यक्ष एकजंग गुरुङले गाउँमा पर्यटनको विकासमा होम स्टेको महत्वहुने भएकोले संचालकहरुले होम स्टेको प्रवद्र्धन गर्नुपर्ने र पोखरा तथा काठमाण्डौका पर्यटन व्यवसायीले सहयोग गर्नुपर्ने वताए । ताङतिङ, करापुडाडाँ याङ्जाकोट होम स्टे ट्रेल अन्वेशण नाम दिईएको सो कार्यक्रममा ताङतिङ गाउँबाट करापुडाडाँसम्म ७ घण्टा र करापुडाडाँबाट याङ्जाकोट पुग्न ५ घण्टा लागेको पदयात्रामा सहभागी पत्रकार टंक अधिकारीले वताए ।

पोखराबाट नजिकै रहेको ताङतिङ र याङ्जाकोटमा होम स्टे संचालन भएपछि पर्यटकको चाप वढेको भएतापनि व्यवस्थित रुपमा संचालन गर्न भिटोफले विभिन्न कार्यक्रमहरुमा सहभागी गराउँदै, प्रचारप्रसार र प्रवद्र्धनात्मक कार्य गर्दै आएको भिटोफ प्रदेश नं. ४ का संस्थापक अध्यक्ष, पर्यटन व्यवसायी तारानाथ पहारीले वताए ।

‘होमस्टे–पदयात्रा’ अबधारणाको रुपमा विकास गर्ने उद्धेश्य रहेको उक्त पदमार्ग भेडि गोठ हुने वेलासम्म राम्रै अवस्थामा रहेको तर हाल भेडा पाल्न छाडिएको कारण पुराना वाटोहरु लोप भई सकेको भिटोफ प्रदेश नंं. ४ का सचिव रमेश बहादुर खत्रीले वताए । सो अवसरमा भिटोफ केन्द्रबाट पुर्व अध्यक्ष चित्रबहादुर गुरुङ, कोषाध्यक्ष कृष्णबहादुर सुवेदी, दरबारथोक एड्भरटाईजिङ एजेन्सीका कृष्णबहादुर रानाभाट, सगरमाथा टेलिभिजनका पत्रकार भुपाल गुरुङ लगाएत भिटोफका सदस्यहरु, ताङतिङ होम स्टे र याङ्जाकोट होम स्टेका संचालक, टान, नाटाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...