भ्रमण वर्षको प्रचारप्रसार गर्न महिला पर्यटन व्यवसायी चीन भ्रमणमा

पोखरा, ३ असार/संघीय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश सरकारले घोषणा गरेको छिमेकी भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न लेकसाईडका महिला पर्यटन व्यवसायी चीन भ्रमणमा निस्केका छन् ।

मंगलबार महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को नेतृत्वमा पर्यटन व्यवसायीहरु चीन भ्रमणका लागि प्रस्थान गरेकाहुन् । भ्रमण टोलीलाई पोखराका विभिन्नपर्यटन संवद्ध संघसस्थाहरुले विदाई गरेका छन् ।

विदाई कार्यक्रममा प्रचार सामग्री प्रदान गर्दै पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले भ्रमण वर्ष सफलपार्न भ्रमण फलदायीहुने अपेक्षा राखे । व्यवसायीले भ्रमण गर्दा तुलनागर्ने अवसर मिल्ने र परिमार्जन गर्न सघाउ पुग्ने धारणा राखे ।

भ्रमण वर्षलाई सफलपार्न र यस क्षेत्रको बारेमाचीनिया सहरमा जानकारी गराउन भ्रमण उपयोगी हुने उनको भनाई थियो । पोखरा पर्यटन परिषदका अध्यक्ष चीरञ्जिवी पोखरेलले भ्रमणले पर्यटन क्षेत्रको परिवेश बुझ्न सहज हुने धारणा राखे ।

चीनका थोरै मात्र पर्यटक नेपाल आउँदा पनि नेपालको पर्यटन बजार चलायमानहुने हुँदा यस्ता प्रवद्धनात्मक कार्यक्रम आवश्यक रहेको उनले बताए । विदाई कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का गण्डकी प्रदेश संयोजक अग्नी कंडेलले भ्रमण पोखरा र यस क्षेत्रको बारेमा चिनाउन महत्वपूर्ण हुने बताए ।

ओटेफका सल्लाहकार देवका पहारीले भ्रमण टोलीले पोखरा र नेपालकै पर्यटन पर्वद्धन गर्ने मात्र होइन आतिथ्य संस्कारको नयाँपनको अनभुव पनि लिन पाउने धारणा राखिन् ।

ओटेफका अध्यक्ष जमुना पराजुलीले भ्रमण टोलीले बेइजिङ, सांघाई र गोञ्जाओका विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोक नगर्नुका साथै पर्यटन सँग सम्बन्धित विभिन्न संघ सस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम हुने जानकारी दिइन् । भ्रमण टोलीमा १८ जना महिला पर्यटन व्यवसायी छन् ।

कमेन्टहरु
Loading...