युनाइटेड क्लव पोखरा ४ दिने भ्रमणमा

पोखरा २५ चैत्र /आन्तरिक पर्यटन प्रवद्र्धन उद्देश्यले युनाइटेड क्लव पोखरा ४ दिने भ्रमणमा निस्केको छ । पोखराको अमरसिंह चोकमा रहेको क्लवले स्थापना देखिनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा चिडियाखाना निर्माणमा अगाडी वढिरहेको क्लवले आफ्नो वार्षिक कार्यक्रम अनुसार भ्रमणमा निस्केको हो ।

क्लवको वार्षिक कार्यक्रम अन्तर्गतको यो वर्षको भ्रमण नेपालको पूर्वी भागमा रहेको खोटाङ जिल्लाको विभिन्न भेगको अवलोकन गर्ने भ्रमण टोलीका संयोजक तथा युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । क्लवका सदस्यहरुलाई नया ठाउको बारेमा जानकारी दिनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनका लागी भ्रमणले टेवा पु¥याउने संयोजक बख्रेलले जनाए ।भ्रमणलाई सफल बनाउनका लागी विभिन्न  उपसमितीहरु समेत निर्माण गरिएको छ ।

जस अन्तर्गत समुह ब्यवस्थापनमा लोक बहादुर थापा, अर्थ संयोजक क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिना, मनोरन्जन संयोजक शान्त बहादुर थापा, स्वास्थ्य संयोजक सूर्य बहादुर बानिया, खाना, खाजा ब्यवस्थापन अनिल गुरुङ, खानेपानी ब्यवस्थापन कृष्ण बहादुर थापा, यातायात ब्यवस्थापनमा लिलाधर अधिकारी, होटल ब्यवस्थापनमा भुवन ढकाल विविध कार्यक्रम संयोजकमा दिनेश सुनार र संयोजक सहयोगीको रुपमा कार्यालयका सचीव नवीन श्रेष्ठ रहेका छन ।क्लवको भ्रमणमा २६ सदस्यीय टोली रहेका छन । यसअघि क्लवले नेपालको विभिन्न भागहरुमा आन्तरिक भ्रमण गरिसकेको छ ।

कमेन्टहरु
Loading...