पर्यटक बोलाउन नाट्टा पोखराको टोली बंगलादेशमा

बंगलादेश, २३ असार /पर्यटकिय दृष्टिकोणले यो समयलाई ‘अफ्सिजन’ मानिन्छ । यतिबेला पर्यटकिय नगरि पोखरामा पर्यटकहरुको चहलपहल पातलिएको छ । त्यसैले पनि पोखरामा रहेका पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाहरु यहि समयको सदुपयोग गर्दै विदेशी पाहुना बोलानउका लागि देशविदेशका विभिन्न स्थानहरुमा पुगेका छन् ।

पोखरा पर्यटन परिषद् र पश्चिमाञ्चल होटल संघको टोलीले भारतमा प्रवद्र्धनात्मक भ्रमण सकेर पोखरा फर्किए लगत्तै पर्यटन प्रवद्र्धनकै लागि बंगलादेशतर्फ लागेको नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघको टोली शुक्रबार बंगलादेशको कक्सबजार पुगेको छ ।

टोलीले कक्स बजारमा यहाँको पर्यटकिय स्थलहरुको अवलोकन गर्नुका साथ यहाँका पर्यटन सम्बद्ध व्यवसायिहरुसंग भेटघाट पनि गरेको छ । ‘कक्स बजारका व्यवसायिहरुले विभिन्न देशका पर्यटकहरु यहाँ ल्याउनका लागि अबलम्बन गरेका उपाय र यहाँका पर्यटकहरुलाई पोखरा लैजानका लागि यहाँका व्यवसायिहरुसंग छलफल भयोंंं’–नाट्टा पोखराका अध्यक्ष दिलप्रसाद गौतमले भने । टोलीले यसअघि शुक्रबारनै बंगलादेशको राजधानी ढाकामा रहेका पर्यटकिय तथा ऐतिहाँसिक महत्वका क्षेत्रहरुको अवलोकन गरेको थियो ।

कक्स बजारको कार्यक्रमपछि टोली पुन ढाका पुगेर शनिबार त्यहाँका व्यवसायिहरुसंग बिटुबी कार्यक्रम गर्नेछ । ढाकापछि भारतको कोलकातामा पोखराको पर्यटन प्रवद्र्धन हुने किसिमका विभिन्न कार्यक्रमहरु गर्ने टोलि संयोजक राजेश पहारीले बताए ।

कमेन्टहरु
Loading...