पोखरा आएका महिला पर्यटकलाई रातो साडी, चुरा र पोते

पोखरा, १६ भदौ / हरितालिका तीजको अवसरमा पोखरा आएका महिला पर्यटकलाई स्वागत गरेका छन् । सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको आयोजना विमानबाट आउने र पर्यटक बसबाट आएका महिला पर्यटकलाई उपहार दिदै साडी र चुरा लगाइ दिए ।

पोखरामा विमानबाट आएकी पोखरा आएकी न्युजिल्याण्डकी बुनेलाई सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मीना भट्टराई सहितको टोलीले नेपाली पोसाक र गहना रातो साडी, चुरा तथा पोते लगाइदिए । पोखरा घुम्न आएकी उनलाई साडी सहित नेपाली महिलाको भेषमा सजाएपछि उनी खुसि ब्यक्त गरिन् ।

पोखरा आएका महिला पर्यटकलाई रातो साडी, चुरा पोते
पोखरा आएका महिला पर्यटकलाई रातो साडी, चुरा पोते

स्वागत कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिबी पोख्रेल सहित विभिन्न संघ सस्थाका प्रतिनीधिहरुले स्वागत गरेका थिए । तीज पर्वका बारेमा विदेशीलाई जानकारी दिन कार्यक्रमको आयोजना गरेको सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मीना भट्टराईले जानकारी दिइन् ।

कमेन्टहरु
Loading...