पर्यटक बोकेको सवारीलाई रोकेकोमा व्यवसायीको आक्रोस

सागर राज तिमिल्सिना
पोखरा, १३ कात्तिक/पोखराबाट विदेशी पर्यटक बोकेर म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम जाँदै गरेका पर्यटक नम्बरप्लेटका सवारीलाई बेनी–घाँसा जिप तथा बस व्यवसायी समितिले रोक लगाएकोप्रति पोखराका पर्यटन व्यवसायीको ध्यानाकर्षण भएको विज्ञप्ती जारी गरि जानकारी दिएका छन् ।

पर्यटक बोकेर मुक्तिनाथतर्फ गईरहेका सवारीलाई हिजो अवरोध गरिएको यो घटनाप्रति खेद प्रकट गरेका छन् । नेपालको अर्थतन्त्रको प्रमुख मेरुदण्डको रुपमा रहेको पर्यटन उद्योगमा नकारात्मक सन्देश जाने गरि बेलाबेलामा यातायात व्यवसायी समितिबाट सिण्डिकेटलाई प्रोत्साहन हुनेगरि अवरोध खडा गरिनु दुखद भएको विज्ञप्तीमा उल्लेख छ । यसले पर्यटन व्यवसायमा नकारात्मक सन्देश प्रवाह हुने विज्ञप्तीमा भनिएको छ ।

बेनीमा पर्यटक लिएर गएका सवारीलाई ‘अब आउन पाउँदैनौ’ भन्दै जर्बजस्ती रोक लगाउन खोज्नु निन्दनीय भएको उनिहरुको ठहर छ । धार्मिक एवं साहसिक पर्यटनको प्रमुख गन्तव्यस्थलको रुपमा रहेको मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म सुविधासम्पन्न सवारीमा जान चाहने पर्यटकहरुलाई अवरोध गरेकोमा सो कार्यको घोर भत्र्सना गरेको छ ।

यसअघि भएका सम्झौता र कानुन बमोजिम संचालित यस्ता सवारीलाई निर्वाध रुपमा पर्यटकहरु लिएर नेपाल अधिराज्यभर संचालन गर्ने व्यवस्था मिलाईदिन सरकार सगँ पर्यटन व्यवसायीहरु जोडदार माग गरेको छ । पोखराका विभिन्न १३ वटा सघ सस्थाले विज्ञप्ती जारी गरि उक्त कार्यक्रको निन्दा गरेका छन् ।

कमेन्टहरु
Loading...