पर्यटन व्यवसायी संगठनमा ईन्द्रप्रसाद भण्डारी

पोखरा, ११ जेठ /नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठन प्रदेश नं ४ को अध्यक्षमा ईन्द्रप्रसाद भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।  आईतवार पोखरामा भएको प्रथम प्रादेशिक भेलाले भण्डारीको अध्यक्षतामा ५१ सदस्सिय प्रदेश समिति गठन गरेको हो । समितिका पदाधिकारीहरु कार्यसमितिको वैठकले चयन गर्ने छ ।

नवनिर्वाचित कार्यसमितिलाई माओवादी केन्द्रका सचिवालय सदस्य यशोदा सुवेदीले वधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।  भेलाको उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य लोकेन्द्र विष्टमगरले नेपालको पर्यटनलाई अव व्यवसायमा मात्र सिमित नगरी अव पर्यटन उद्योगको रुपमा विकास गर्नुपर्ने खाँचो औल्याए । नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको वताउँदै पुर्व पर्यटनमन्त्री समेत रहेका विष्टले आफ्नो गाउँ तथा नगरको पर्यटनको प्रवद्र्धन गर्न व्यवसायीहरु आफै लाग्नु पर्ने विचार व्यक्त गरे ।

माओवादी केन्द्रको सरकारले देशमा लोडसेडिङ अन्त्य गरेपछि पर्यटन लगायतका सम्पुर्ण क्षेत्रहरुमा सकारात्मक प्रभाव परेको र देश तिर्व आर्थिक वृद्धिको दिशामा अघि वढेको भनाई नेता विष्टको छ ।  माओवादी केन्द्रका सचिवालय सदस्य तथा प्रदेश नं ४ का पर्यटन विभाग ईन्चार्ज यशोदा सुवेदीले अस्थिर राजनीतिक व्यवस्थाको कारणले व्यवसायिक नीतिमा निरन्तर परिर्वतन हुँदा स्थिरता हुन नसकेको भनाइ व्यक्त गरिन् । चार नं प्रदेश पर्वतिय र साहसिक पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्र भएकोले यसको विकासमा व्यवसायिक एकता आवश्यक रहेको विचार सुवेदीको छ ।

माओवादी केन्द्रका कास्की जिल्ला ईन्चार्ज राजकाजी तमु(करण)ले राजनीतिको आडमा फेवाताल माथिको अतिक्रमण वढेकोले व्यवसायीहरुले पर्यटन क्षेत्रमाथिको अक्रिमणका विरुद्ध समेत आवाज उठाउनुपर्ने भनाई राखे । कार्यक्रममा राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य नवराज दाहाल, पार्टी पोलिटव्युरो सदस्य तथा पेशागत जिल्ला ईन्चार्ज विष्णुप्रसाद श्रेष्ठ, केन्द्रीय कार्यालय सदस्य गणेश सिँखडा, संगठन विभाग प्रमुख कमल सापकोटा, प्रदेश ईन्चार्ज वोधराज भण्डारी, नेपाल पर्वतारोहण संघका महासचिव ठाकुरराज पाण्डे, प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष त्रिुभवन पौडेल, राष्ट्रिय पर्यटन व्यवसायी संगठनका प्रदेश अध्यक्ष गोविन्दराज पहारी, पर्यटन परिषदका पुर्व अध्यक्ष सोम थापा लगायतले भेला सफलताको शुभकामना व्यक्त गर्दै पर्यटन क्षेत्रका समस्याहरु समाधानमा सरकार जिम्मेवार वन्नुपर्ने भनाई राखेका छन् । पर्यटन व्यवासायी रामु गौतमले संचालन गरेको उद्घाटन सत्रमा पर्यटन वोर्डका पुर्व कार्यकारी सदस्य अग्निप्रसाद कँडेलले भेलाको उदेश्य माथि चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...