Ganthan News Pokhara
All news from Pokhara & around

नेपाल भारतका बंगलादेश र भुटानका पर्यटन ब्यवसायी सिलगुडीमा, अन्तराष्ट्रिय स्तरमा पर्यटनलाई जोड्न सहमत

0

सिलगुडी, २३ माघ /नेपाल भारतका बंगलादेश र भुटानका पर्यटन ब्यवसायी बिच ब्यापार आदान प्रदान गर्न उद्श्यले भारतको सिलगुडीमा मंगलवार देखि बंगाल ट्राभल मार्ट(विटिएम) शुरु भएको छ ।

मार्टको उद्घाटन समारोहमा नेपाल, भारत, बंगलादेश र भुटानबाट सहभागी पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिले क्षेत्रीय अवधारणका साथ अन्तराष्ट्रीय तवरमा देशलाई समेटर पर्यटकीय विकास गर्नुपर्नेमा जोड दिए । पर्यटनका लागी अफगानिस्तानबाट पाकिस्तानहुँदै सुरु हुने विश्वको पूर्वी हिमाली श्रृङखला भारतको उत्तरपूर्वी राज्य भएर भुटान हुँदै नेपालमा आएर टुङ्गिने हुनाले संयुक्त रुपमा पर्यटको बिकासका लागि साझा निती वनाउन समेत सहमती गरेका छन ।

इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एशोसिएसन, भारत र पोखरा पर्यटन परिषद्बीच बिगत ५ वर्ष देखी भएको सम्झौताले बंगाल ट्राभल मार्टमा पोखराको पर्यटन बारे चर्चा भएको छ ।

उद्धाटन कार्यक्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले यस क्षेत्रको पर्यटकीय विकासमा साझेदारी गर्न नेपाल इच्छुक रहेको बताउनुभयो ।उहाँले नेपाल पर्यटको रोजाईमा परदै आएको छ ।पोखराको पर्यटने सवैको मन जितन सकेको वताउनु भयो । पोखरा एड्भान्चर पर्यटनका लागि पर्यटको रोजाई रहेको छ ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले पर्यटकीय साझेदारीको लक्ष्यका साथ पोखरा पर्यटन परिषद्को पाँच वर्ष अघि इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएसनसँग सम्झौता भएको स्मरण गर्दै भौगोलिक अवस्थिति, संस्कृति आदि समेतका आधारमा यस क्षेत्रसँगको सहकार्य महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उत्तरपूवी भारतका पश्चिम बंगाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरम लगायतका राज्यबाट धेरै पर्यटक धार्मिक रुपले पनि नेपालको भ्रमणमा आउने गरेका छन् । नेपालमा आउने कुल विदेशी पर्यटक मध्ये सन् २०१८ मा १७.०९ प्रतिशत भारतीय पर्यटक हवाइ मार्गहुँदै आएको तथ्यांकले देखाउँछ ।

सन् २०१८ मा भारतबाट दुई लाख ४३८ पर्यटक हवाइ मार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडक मार्गबाट आएका छन् । नेपाल आउने विदेशी पर्यटक नेपाल पछि भुटान र सिक्किम जाने भएकोले नेपालको पर्यटकीय आकर्षणले उत्तरपूर्वी भारत सहित भुटानमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको पाइन्छ ।

इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएसनका महासचिव सन्दीपन घोषले क्षेत्रीय तथा अन्तराष्ट्रिय पर्यटनका लागि नेपाल महत्वपूर्ण गन्तव्य भएको बताए । पोखरा सहित समग्र नेपालको पर्यटकीय साझेदारीलाई अभैm बलियो बनाउन आँफूहरू प्रतिवद्ध भएको बताउँदै उहाँले बंगाल ट्राभल मार्टमा नेपालको सहभागिता यसैको महत्वपूर्ण कडी भएको स्पष्ट पारे ।

मार्टमा पोखरा पर्यटन परिषद्बाट वर्षेनी सहभागिता रहँदै आएको कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देलले जानकारी दिए । मार्टमा सहभागितासँगै हामी यहाँका पर्यटन व्यवसायीसँग आज व्यापार आदानप्रदान(विटुवी)को कार्यक्रम समेत राखेका छौं,” उनले, “पोखराका पर्यटकीय गतिविधिका साथै विविध सांस्कृतिक पक्ष आदि बारे जानकारी गराउँने गरी आज पोखरा साँझ पनि आयोजना गर्न लागिएको छ ।”

सिलगुडीको बंगाल ट्राभल मार्टसँगै आसामको राजधानी गुहाटीमा पनि भोलिदेखि दुई दिने प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागेको संयोजक सिग्द्ेलले जानकारी दिए । पोखराको पर्यटन प्रवद्र्धन टोलीमा सहभागी नेपाल पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका बरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई काँकरभित्ता हुँदै ठूलो संख्यामा भारतीय पर्यटक नेपाल जाने भए पनि काँकरभिट्टाबाट चन्द्रगढी विमानस्थल सम्म पुग्ने बाटो अहिलेसम्म कालोपत्रे नहुँनु दुभाग्य भएको बताए ।

“सीमा नाकाबाट विमानस्थलसम्म पुग्ने बाटो पनि नबन्नुले पर्यटकमा नकारात्मक असर पार्दछ, उहाँले भन्नुभयो, “ सीमा क्षेत्रको वातावरणले विदेशी पर्यटकलाई कति प्रभाव पार्ने भन्ने कुराले अत्यन्त महत्व राख्छ, यस तर्फ सरकारको ध्यान जानु जरुरी छ ।” काँकरभिट्टाबाट चन्द्रगढी विमानस्थलमा जाने मार्गमा विगत आठ वर्षदेखि गाडी चलाउँदै आएका झापाका पूर्ण राजवंशी भारतीय पर्यटकहरूले अव्यवस्थित बाटो प्रति चित्त दुखाउने गरेको बताउनुभयो ।

दैनिक ठूलै संख्यामा भारतीय पर्यटकहरू सीमा नाका हुँदै भद्रपुर विमानस्थलबाट नेपाल भ्रमणमा जाने गरेको उहाँले जानकारी दिनुभयो ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु