अंग्रेजी नयाँ वर्ष मनाउने उत्कृष्ट गन्तव्यस्थल पोखरा र फेवा किनारको सडक महोत्सव

surya chandra basnut

सूर्यचन्द्र बस्नेत
काठमाडौं, १० पुस । पोखरा भन्नासाथै माछापुच्छे«को छाँया फेवातालमा पौडिरेहको दृश्यको सम्झना हुन्छ । अनि उत्तरतर्फ लहरै फैलिएका धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण सहितका हिमश्रृङखला, फेवा बेगनास, रुपा लगायतका सात ताल, डेभिज फल्स, गुफाहरु र रमणीय पहाडी उपत्यकामा फैलिएको प्राकृतिक मनोरम दृश्यले पोखरलाई विश्वकै उत्कृष्ट पर्यटकीय नगरीका रुपमा चिनाएको छ ।पोखरेली पर्यटन व्यवसायीले अंग्रेजी नयाँ वर्ष तथा क्रिसमसमा घुम्न रमाउन चाहने स्वदेशी विदेशी पर्यटकलाई त्यहाँ भित्रयाउन डेढ दशकदेखि फेवातालको किनारमा सडक महोत्सव गर्दै आएका छन् ।
Street Festival sadakसमृद्व सांस्कृतिक जनजीवन, तालतलैया, हिमाल र मनोरम उपत्यकाको प्राकृतिक दृश्यावलोकनका लागि नयाँ वर्ष र क्रिसमस जस्ता चाडको उमङगमा रमाउन चाहनेलाई यो महोत्सवमा वर्षेनी पर्यटकको भीड बढ्दै गएको छ । यो समयमा नेपालीहरु विदेश जाने र विदेशी पनि भारतको गोवा, थाइल्याण्ड वा अन्य देशमा जाने प्रवृत्ति भएकोमा ती पर्यटकलाई आकर्षित गर्ने गरी पोखराको प्राकृतिक सौन्दर्यको अवलोकन गर्न उत्कृष्ट गन्तव्यका रुपमा सडक महोत्सव गरिदै आएको हो ।

“झण्डै १५ वर्षको पोखरेली सडक महोत्सवले विगत केही वर्ष यता विदेशी मात्र हैन अत्यधिक रुपमा स्वदेशी पर्यटक क्रिसमस र अंग्रेजी नयाँ वर्षमा पोखरा ओइरिन थालेका छन्, कम्तिमा वर्षको एकपटक पोखरा जाने क्यालेण्डर बनेको छ,” रेष्टुरेण्ट एण्ड बार एशोसीयसन नेपाल रेवान पोखरा शाखाका अध्यक्ष गोपीनाथ भट्टराई भन्नुहुन्छ ।गतवर्ष महोत्सव चार लाख जनाले अवलोकन गरेको महोसत्व आयोजक मुल समितिका संयोजक बलराम पहारी बताउनुहुन्छ । पौष १३ देखि १७ गतेसम्म महोत्सव हुन्छ ।

महोत्सवको मूल आकर्षण भनेको फेवाताल किनारको शहिदचोकदेखि खहरे डिहिको पाटनसम्मको करिव साँढे तीन किलोमिटर क्षेत्रमा सडकमै रेष्टुरेण्ट राखिनु हो । खेलकुद, नाच, वृत्तिचित्र, डुंगा सयर, दोहोरी गीत, कन्सर्ट सहितका परम्परागत आधुनिक सांस्कृतिक मनोरञ्जनका कार्यक्रम गरिन्छ । प्याराग्लाइडिङ, अल्ट्रा लाईट र जीपफलयार जस्ता साहसिक उडानहरु हुन्छन् । “ दिउँसो माछापुच्छे« हिमाल र राती लेकसाईड क्षेत्रको झिलीमीली बत्तिको छाँया फेवातालमा परेको अनुपम दृश्यले पोखरा पुग्ने जोकोहीलाई मोहित बनाउँछ,” संयोजक पहारी थप्नुहुन्छ ।

महोत्सवका बेला फेवा, वेगनास र रुपा लगायतका तालमा डुंगा सयर गरेर रमाउने मात्र हैन सराङकोट, धम्पुस र शान्तिस्तुप लगायतका पोखरा वरपरका डाँडाकाँडा उक्लदै पदयात्रा गरेर समय व्यतित गर्न चाहनेहरु हुन्छन् ।अर्कातिर महेन्द्र, चमेरे र गुप्तेश्वर गुफाको अवलोकन तथा पोखराको बीचभागबाट जमिनभित्र बाहिर लुकामारी खेल्दै बगेको सेती नदीको आकर्षणले भ्रमणको अवधिलाई रमाईलो बनाउँछ । जनजीवन र विविध जातजातिको संस्कृति पनि यहाँको जीवनशैलीको अर्को आकर्षक पक्ष हो । पोखराको मूख्य पर्यटकीय क्षेत्र लेकसाइडमा सीसी क्यामरा जडन गर्ने, उक्त क्षेत्रमा सोलार बत्ती राख्ने र अझै पर्यटकीय आकर्षण बढाउने सोच रहेको रेवान पोखराका अध्यक्ष गोपीनाथ भट्टराई थप्नुहुन्छ ।

“ स्वदेशी विदेशी गरेर झण्डै आठ लाख पर्यटक वर्षेनी भित्रिन्छन, यहाँ अचेल अफ सिजन भन्ने छैन तर एक दुई महिना लो सीजन छ,” क्षेत्रीय होटल संघ पोखराका पूर्व अध्यक्ष विप्लव पौडेल भन्नुहुन्छ । पौडेलका अनुसार पोखरामा सानाठूला ४५० होटल र तीनमा करिव १५ हजार शैया छन् । सौराहा, लुम्विनी र पोखरालाई त्रिकोणात्मक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने सोचमा व्यवसायीहरु छन् । खासगरी क्रिमसम र अंग्रेजी नयाँ वर्षमा नेपालमा रहेका कुटनीतिक तथा अन्तराष्ट्रिय संस्थामा काम गर्ने विदेशीहरु मात्र नभै अत्यधिक रुपमा स्वदेशीहरु महोत्सवमा आउँछन् । पारिवारीक र समुहमा जाने स्वदेशी बढेका छन् ।

“ अर्को वर्ष महोत्सवकै अवसर पारेर विभिनन देशका संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम गर्ने सोच छ,” रेवान पोखराका अध्यक्ष भट्टराई थप्नुहुन्छ । महोत्सवको भारतका सीमा नजिकका शहर र नेपालका पनि मुख्य शहरहरुमा प्रचारात्मक कार्यक्रम गरिदै आएको छ । सडकमै खाऔ, सडकमै नाचौ र सडकमै रमाऔ भन्ने नारासाथ गरिने यो महोत्सवमा यसपटक खाना, मनोरञ्जन र संगीतको नारा दिइएको छ । रासस

कमेन्टहरु
Loading...