व्यवसायिक हक हितलाई टानको द्वितिय उपाध्यक्षमा उमेद्वारी- थापा

पोखरा, २६ साउन /ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको आज अधिबेशन हुदैछ । अधिवेशनमा सबै पदमा दुई वा त्यो भन्दा बढि उमेद्वारहरु चुनावी मैदानमा उत्रिएका छन् ।

त्यस्तै उमेद्वार मध्येका एक हुने द्धितीय उपाध्यक्षका उमेद्वार श्यामकृष्ण थापा । उनी बर्तमान कार्यसमिति सदस्य पद पनि हुन् । उनले पर्यटन व्यवसायिक हक र हितलाई नै आफ्नो पहिलो प्रथामीकता दिन उमेद्वारी दिएको बताएका छन् ।

आज टानको २५ औं साधरणसभा तथा १५ औं अधिवेशनका हुदैछ । थापाले २० बर्ष देखिको संस्था प्रतिको देन र कामलाई मुल्यांकन गर्दै द्वितीय उपाध्यक्षको उमेद्वार बनेको बताए । उनी शिखर ट्रेक प्रा ंलि का ं प्रवंन्ध निर्देशक हुन् ।

कमेन्टहरु
Loading...