सडक महोत्सव सफल बनाउन ९ सदस्यीय स्टेरिङ कमिटी गठन

पोखरा १९ कार्तिक/रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखरा आइतबार देखि आफ्नै भवनमा सरेको छ । पोखरा लेखनाथ ६ बैदाम स्थित दृष्टीटोलमा हालै निर्माण सम्पन्न भवनमा आइतबार बैदिक परम्परा अनुसार पुजाआजा गरी आफ्नै भवनमा सरेको हो ।

आफ्नो भवनमा सरेपछि आयोजित भेलाले आगामी पुस १३ देखि १७ सम्म आयोजना हुने १९ औ संस्करणको सडक महोत्सवलाई सफल बनाउनका लागी रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङ संयोजक रहने गरी सात सदस्यीय स्टेरिङ कमिटी गठन गरेको छ । जसको सदस्यहरु संस्थाका उपाध्यक्ष द्धय भीमसेन भुजेल र लक्ष्मण बराल, महासचिव विश्वराज पौडेल, कोषाध्यक्ष योगेश भट्टराइ, निवर्तमान अध्यक्ष गोपी बहादुर भट्टराई र सल्लाहकार वलराम पहारी रहेका छन ।

यसैविच एबिसी न्युज च्यानल मार्फत प्रशारित हुने इन्द्रेणी कार्यक्रम मार्फत हालै प्रशारण भएको क्यान्सर पिडित रुकुम बाँफीकोट ८ पुरानो घर भइ हाल रुकुम आठबिसे कोट नगरपालिका बस्दै आएको ३८ वर्षिय पृथ बहादुर खत्रीको उपचारका लागी २० हजार र उनका ३ छोरा मध्ये एक जनालाई उच्च माध्यामिक तह सम्म पढाउने निर्णय गरिएको रेवानका महासचिव विश्वराज पौडेलले वताए ।

जिब्रोको क्यान्सबाट ग्रसित पृथ बहादुर यतिवेला उपचारको लागी भारत देखि नेपालका विभिन्न शहरहरुमा उपचार गराउदै आएका छन । उनको आर्थिक अवस्था निकै दयनीय बन्दै गएको इन्द्रेणी कार्यक्रम मार्फत प्रशारण भएपछि आफ्नो संस्थाले केही सहयोग गर्ने योजना बनाएको र सोही अनुरुप उनको उपचारका लागी २० हजार नगद र एकजना छोरालाई पढाउने निर्णय गरिएको पौडेलले वताए । क्यान्सर पिडीत खत्रीका तीन छोरा र एक श्रीमती रहेका छन ।

 

कमेन्टहरु
Loading...