पर्यटकहरु रमाउनले असारे महोत्सव तयारी पूरा

पोखरा १४ असार /पोखरा पर्यटन परिषद्को आयोजनामा हुने १४ औ असारे रोपाई महोत्सवको तयारी पुरा भएको छ । असार १५ गते अर्मलाको ठुलीवेसी फाटमा हुने महोत्सवको तयारी पुरा भएको महोत्सव मुल आयोजक समितिका संयोजक नवराज अधिकारीले जानकारी दिए ।

पोखरा १६ अर्मला स्थित ठुलीवेसी फाँटमा हुने महोत्सबमा ४ सय बढि विदेशी पर्यटक र करिब २० हजार पोखरा बासीहरु उपस्थित रहने उनले बताए । गोविन्द बहादुर खड्काको झण्डै ८ रोपनी खेतमा रोपाई महोत्सब गर्न लागेको हो । महोत्सब स्वदेशी तथा विदेशीहरुको माझ लोकप्रिय हुदै गएकाले अझ धेरै पर्यटक आउने संयोजक अधिकारीले बताए ।

महोत्सबमा साउने प्रतियोगिता, आमा समुहविच असारे गीत तथा रोपाई प्रतियोगिता, हिलोमा माछा समात्ने खुल्ला प्रतियोगिता, नेपाली महिला पुरुष र विदेशी महिला पुरुषको लागि छुट्टा छुट्टै दौड प्रतियोगिता, नेपाली र विदेशीविच रस्साकस्सी प्रतियोगिता, पत्रकारको हिले दौड लगायतका प्रतियोगितात्मक कार्यक्रम सहित कृषक सम्मान र विविध सास्कृतिक कार्यक्रम समेत समावेश गरिने छ ।

साउने प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमश ३, २ , १ हजार र पाँच सय नगद पुरस्कार प्रदान गरिनेछ । रोपाई तथा गीत प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ र सान्त्वना हुनेलाई एक हजार रुपैया नगद पुरस्कार प्रदान गरिनेछ । महोत्सब सम्पन्न गर्न १४ लाख ५० हजार रुपैया खर्च अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...