रेवान पोखराको अध्यक्षमा भिमसेन भुजेल चयन

पोखरा, २२ भदौ / रेवान पोखराका २४ औं वार्षिक साधारणसभा एवं १३ औं अधिवेशनले रेवान पोखराको

अध्यक्षमा भिमसेन भुजेललाई चयन गरेको छ । भुजेलको अध्यक्षतामा १५ सदस्यित नयाँ कार्यसमिति चयन गरेको

हो ।

समितिको प्रथम उपाध्यक्षमा लक्ष्मण बराल, द्वितिय उपाध्यक्षमा योगेश भट्टराई, महासचिवमा गणेश थापा,

कोषाध्यक्षमा लोक गुरुङ्ग, सचिवमा विकास भट्टराई तथा सह–कोषाध्यक्षमा रोशन कार्की चयन हुनुभयो ।

समितिको सदस्यहरुमा विश्वराज पौडेल, नरेश भट्टराई, राजेन्द्र ढकाल, भरत शर्मा, बसन्त गौतम, बैभव पौडेल र

दिल श्रेष्ठ चयन भएका छन् । समितिको निर्वतमान अध्यक्षमा चौ बहादुर गुरुङ्ग रहेका छन् ।

कमेन्टहरु
Loading...