रेवानले होली फेष्टिवल गर्ने

पोखरा, २८ फागुन /होली पर्वको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले पनि आज होली फेष्टिवलको आयोजना गर्दैछ । रेवान पर्यटनसंग सम्बन्धित संस्था भएकाले नेपालमा भएका साँस्कृतीक पर्वहरु पर्यटकहरुलाई जानकारी दिंदै उनीहरुलाई पनि हाम्रो साँस्कृतीक पर्वमा सामेल गराउने र खुसि साटासाट गर्नका लागि रेवानले विगतदेखि होलि फेष्टिबलको आयोजना गर्दै आएको छ ।

‘नेपालीहरु सबैले रमाइले गरेको दिन उनीहरुलाई खल्लोपना महशुस नहोस्, हाम्रो खुसियालीमा उनीहरुले पनि संलग्न भई यसको रमाइलो लिन सकुन भनेरनै हामीले यो फेष्टिवलको आयोजना गरेका हौं’–होली महोत्सवका संयोजक विकास भट्टराईले भने ।

पछिल्ला संस्करणहरुमा रेवान पोखराले आयोजना गर्ने होली महोत्सवमा विदेशीहरुको सहभागिता निकै बढेको रेवान पोखराका अध्यक्ष चौबहाबदुर गुरुङ्गको दावी छ । पोखरेलीहरुमा होलीका दिन होलि खेल्न एकपटक लेकसाइड त पुग्नै पर्छ भन्ने मान्यताको विकास भएको उनले बताए ।

यसपटक सडकका विभिन्न स्थानमा स्टेजहरु बनाएर विभिन्न कलाकारहरुको साँस्कृतीक प्रस्तुतीसंगै बाजागाजा सहित होली खेलिने गुरुङ्गले जानकारी दिए । आइतबार विहान ११ बजे अम्मटस्थित फेवा लेक रेष्टुरेण्ट अगाडी जम्मा भई त्यहाँबाट बाजागाजा र रंग खेल्दै खहरेसम्म पुगिने रेवान पोखराले जनाएको छ ।

कमेन्टहरु
Loading...