पोखरा महानगरद्वारा पर्यटन क्षेत्रमा कर उठाउने तयारी

पोखरा, १० असार / पोखरा महानगरपालिकाले अब पर्यटन क्षेत्रमा पनि कर लिने तयारी गरेको छ ।

मंगलबार देशकै ठूलो महानगरपालिका पोखराले लक्षित योजनालाई कार्यान्वयन गर्ने उद्देश्यसहित करको दायरा फराकिलो बनाउने अभियान सहित पर्यटन क्षेत्रमा कर लिने उद्घोष गरेको हो ।

बजेट पेस गर्दै महानगर पालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेको सबै सहकारीहरुलाई करको दायरामा ल्याउने जनाएको छ ।

महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङले आर्थिक वर्ष २०७६/७७ को लागि बजेट सार्वजनिक गर्दै विदेशी पर्यटकले पोखरा महानगरपालिका क्षेत्रभित्रका होटल खर्चमा पर्यटन उपभोग कर र पर्यटकीय सम्पदाहरुमा पर्यटन शुल्क लगाउनका लागि आवश्यक तयारी गरिने उल्लेख गरिन् ।

विगतमा पनि महानगरपालिकाले पर्यटन शुल्क उठाउने योजना बनाए पनि पर्यटन व्यवसायीले विरोध गर्दै आएका थिए । उपभोग कर र पर्यटन शुल्क करले एउटै पर्यटकले दोहोरो कर बुझाउनुपर्ने बाध्यता देखा परेको छ ।

कमेन्टहरु
Loading...