पोखरामा होली उत्सव, हजारौ सडकमा (फोटो फिचर)

सागर राज तिमिल्सिना
पोखरा, २९ फागुन /रंगहरुको पर्व होलीमा पोखरामा युवायुवतीहरु रंग सँग रमाएका छन् । ठाउँ ठाउँबाट होली खेल्दै अधिकांश युवायुवतीहरु पोखराको लेकसाइडमा होली खेल्न पुगेका थिए । रेवान पोखराको आयोजनामा भएको होली महोत्सवमा युवायुवतीको उल्लेख्य सहभागीता रहेको थियो ।

विदेशी पर्यटकालाई नेपाली पर्व होलीको जानकारी दिन महोत्सवको आयोजना हुने गरेको छ । लेकसाइडमा होली खेल्नका लागि हजारौ युवायुवती सगै विदेशी पर्यटक समेत रमाए । युवायुवतीहरु एक आपसमा रंग दल्ने, लोला हाना हान गर्दा विदेशी पर्यटक समेत रमाउदै समाबेस भएका थिए ।

पर्यटकको बसाइ लम्ब्याउन उद्देश्यले पोखराको लेकसाइडमा १० वर्षदेखि फागुपूर्णिमामा ‘होली उत्सव गर्ने गरेको रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ बताए । नेपालको सांस्कृतिक विविधतासँगै होलीको महत्व बुझेपछि उत्सवमा सहभागी पर्यटक रङहरुमा रमाउने गरेका छन् । उत्सवमा पञ्चैबाजाका साथ पर्यटकलाई अबिर दलेर सुरु हुदा होलीको रौनक साँच्चिकै उत्सवमा परिणत भएको छ । होलीमा जथाभावी रंग दल्ने, लोला हान्ने काम हुन नदिन प्रहरीले कडाई गरेको छ ।

पोखरामा होली उत्सव, हजारौ सडकमा तस्विर ः प्रदिप पौडेल

कमेन्टहरु
Loading...