पर्वतीय संग्रहालयमा पर्यटकको स्वागत

पोखरा, १२ असोज / विश्व पर्यटन दिवसको सन्दर्भमा अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा आन्तरिक तथा

वाह्रय पर्यटकलाई स्वागत सहित अवलोकन टिकट निःशुल्क प्रदान गरिएको छ ।

अवलोकनका लागि पहिला आउने नेपाली, सार्क र विदेशी पाँच। पाँच जना गरि कूल १५ जनालाई संग्रहालय बिज्ञ

बलप्रसाद राईले आगन्तुक पाहुनालाई खादा लगाएर स्वागत गर्नुभएको हो ।

उहाँका अनुसार पहिलो पर्यटक चाइनाका ढ्लजय लिङ, अमेरिकन सोफिया करकीन, मोनटाना र राचील

जोस्टन, अलस्का, फ्रान्सका क्रोन्टीन ब्रावन्ट, स्पेन ओयी ओल छन् ।

त्यस्तै सार्क अन्तर्गत भारतका अभिषेक जिया, हितेष जिया, प्रकाश भुर, सौरभ कुनार र सत्यवान एव्म

नेपालका अलिसा थापा, प्रिती तामाङ्ग, विनीता थारु, ऋषिराम थारु र प्रभावती कुहार हुनुहुन्छ ।

नेपाल पर्वतारोहण संघद्धारा निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको पर्वतीय संग्रहालय अवलोकनका लागि

नेपाली रु. ८०, विद्यार्थी रु. ५०, सार्क रु. २५० र विदेशीको लागि ५ सयको टिकटको व्यवस्था गरिएको उहाँले

जानकारी दिनुभयो ।

गत आर्थिक बर्षमा स्वदेशी तथा विदेशी गरि कूल दुई लाख ६० जनाले संग्रहालयको अध्ययन अवलोकन गर्दा

दुई करोड ७८ लाख आम्दानी भएको तथ्याङ्क रहेकोछ ।

कमेन्टहरु
Loading...