पोखरामा नयाँ बर्षको भब्य स्वागत (फोटो फिचर)

१७ पुस पोखरा । आज अंग्रेजी नया बर्ष सन् २०१४ को पहिलो दिन । बितेको बर्ष सन् २०१३ मा भएका कामको समिक्षा सहित नया बर्षको स्वागत गरिदैछ । एक आपसमा शुभकामना साटासाट गरी नयाँ बर्ष मनाईदैछ । पछिल्लो समय नेपाली नयाँ बर्ष भन्दा पनि अंग्रेजी नया बर्ष मनाउने प्रचलनले नेपालमा ब्यापकता पाएको छ ।

New Year Pkr (2)

नयाँ बर्ष पोखरामा भब्य स्वागत गरिएको छ । नया बर्ष मनाउन आएका आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ पोखराको लेकसाईडमा गएराति आतसवाजी सहित बिशेष कार्यक्रम गरी सन् २०१३ लाई बिदाई गरिएको छ ।

प्रत्येक अंग्रजी नया बर्षको अबसरमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन रेवान पोखराले बिगत १४ बर्षदेखि आयोजना गर्दै आएको सडक महोत्सबको १५ औं संस्करण अन्तर्गत हिजो साझ मात्रै झण्डै २ लाख दर्शक लेकसाईडमा भेला भएका थिए । हिजो दिउसै देखि भरिएको लेकसाईडका सडक साझ परेपछि मानिसको भिडले खचाखच थियो ।

New Year Pkr (3)

अघिपछि राति ११ बजेसम्म चल्ने महोत्सब हिजो राति १ बजेसम्म चलेको थियो । मध्यरात १२ बजे नयाँबर्षको स्वागतको लागि गरिएको आतसबाजीको दृष्य हेर्न पुग्नेको भिडले लेकसाईड तातेको थियो ।

महोत्सब स्थल लेकसाईडको साढे ३ किलोमिटर क्षेत्र र बसुन्धरा पार्कमा दर्शकको चाप थामिनसक्नु भएपछि ब्यबस्थापनको लागि आयोजकलाई हम्मे परेको थियो । बसुन्धरा पार्कमा आयोजित सास्कृति कार्यक्रम हेर्न जानेहरु कतिपय अत्याधिक भिडको कारण बाहिरबाटै फर्किन बाध्य भएका थिए ।

सडक महोत्सबले बर्षेनी नया बर्ष मनाउन पोखरा आउने पर्यटकको संख्या बढ्दै गएको छ । पोखराको होटल पर्यटकले भरिएका छन् । हिजो महोत्सबकै अत्याधिक दर्शक भित्रिएको र सबैभन्दा बढी कारोबार भएको ब्यबशायीले बताएका छन् । महोत्सबको लागि लेकसाईडको फिस्टेल गेटदेखि खहरेसम्म सडकमै खाने र रमाउने ब्यबस्था मिलाईएको छ । रेवान पोखराको आयोजनामा पुष १३ देखि जारी महोत्सब आज सकिदैछ ।   तस्विर : राधिका कडेल

New Year Pkr (4) New Year Pkr (5) New Year Pkr (6) New Year Pkr (10) New Year Pkr (9) New Year Pkr (8) New Year Pkr (7) New Year Pkr (1)

कमेन्टहरु
Loading...