नाट्टा क्षेत्रीय संघ पोखराको २२ औं वार्षिक​ साधारणसभा

पोखरा ,१६ फागुन ।सरकारले आन्तरिक पर्यटकको बारेमा अहिलेसम्म स्पष्ट पार्न नसक्नु दुखद् भएको पर्यटन व्यवसायीहरुले बताएका छन् । उनीहरुले पर्यटन वोर्डले आफ्नो सुचिमा नाट्टा र टान जस्ता संस्थाहरुलाई नसमेट्नुले नीजि क्षेत्रले पर्यटन क्षेत्रमा दिएको योगदान प्रतिको धारणा छर्लंग पारेको टिप्पणी गरेका छन् । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) क्षेत्रीय संघ पोखराको २२ औं वाषिर्क साधारणसभाको उद्घाट सत्रमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् ।

नाट्टा क्षेत्रीय संघ पोखराको २२ औं वाषिर्क साधारणसभा
नाट्टा क्षेत्रीय संघ पोखराको २२ औं वाषिर्क साधारणसभा

आन्तरिक पर्यटकको बारेमा स्पष्ट नहुनु, पोखराको पर्यटन बसपार्कका विषयमा बेला बेला आउने विवाद र कम्पनि रजिष्टारको कार्यालय केन्द्रमा मात्र रहँदा परेको अप्ठ्याराका बारेमा व्यवसायीले गुनासो गरे । सधारणसभाको उद्घाट गर्दै पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले नेपाल लगानी वोर्डको क्षेत्रीय संरचना बन्न सक्ने र त्यहीँ बसेर नीजि क्षेत्रका समस्या समाधान गर्न सकिने धारणा राखिन् । क्षेत्रीय उद्योग वाणिज्य संघ र विभिन्न संघसस्थासंग आफैले अब छिट्टै सहकार्य गरेर यस्तो फोरम तयार गर्ने उनले बताइन् ।

कार्यक्रममा बोल्दै पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले अहिलेको पर्यटन बजारमा बेच्न योग्य समग्रीको आवश्यकता रहेकोमा जोड दिए । उनले टुर्स एन्ड ट्राभल्स पर्यटनको पुरानो आधार भएपनि अहिले त्यसमा धेरै जटिलता रहेको औल्याए । कार्यक्रममा नाट्टाका केन्द्रीय अध्यक्ष मधुसुदन आचार्य, नाट्टा पोखराका पूर्व अध्यक्ष हरिशर्मा  गैह्रे, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन, टान पोखराका अध्यक्ष दीपकराज अधिकारी र नाट्टा पोखराका अध्यक्ष डिल्लीप्रसाद गौतम लगायतले बोलेका थिए । नाट्टा पोखरामा १ सय ३७ सदस्य रहेका छन् ।

कमेन्टहरु
Loading...