नाट्टा गण्डकी प्रदेशद्वारा टिकट बुकिङ्ग सम्बन्धी त्रि–दिवशिय तालिम सम्पन्न

फागुण, ७ पोखरा /नाट्टा गण्डकी प्रदेशले आफ्ना मातहतका सदस्यहरुका लागि टिकट बुकिङ्ग सम्बन्धि तीन दिने तालिम पोखरामा सम्पन्न गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेले तालिमको उद्घाटन गरे । तालिम उद्घाटन गर्र्दै लामिछानेले नेपालमा प्रविधिको उल्लेख्य विकास भएको बताउँदै व्यवसायिहरुपनि प्रविधिमैत्रि बन्नुपर्नेमा जोड दिए । अबको समयमा व्यवसायि स्वयं सक्षम बन्नुपर्नेमा उनले औल्याए । यस प्रकारको तालिमका लागि नेपाल पर्यटन बोर्ड सकारात्मक रहेको बताए ।

सेभर नेपालका बजार तथा तालिम व्यवस्थापन संयोजक आकृती ताम्राकारले तालिममा सहजिकरण गरेकि थिइन् । उनले तालिममा सिकेका ज्ञान व्यवहारमा लगाउन सके आफ्नैं कार्यालयमै बसेर संसारका जुनसुकै ठाउँका लागि टिकट बुक गर्न सक्ने बताइन् । सेभर नेपालका प्रबन्ध निर्देशक उदयकिरण शुक्लाले पोखरामा बन्न लागेको अन्र्तराष्ट्रिय विमानस्थलको प्रसंग जोड्दै आगामी दिनहरुमा पोखरामा पर्यटन विकासको थप सम्भावना रहेको बताए । यहि सम्भावनालाई मध्यनजर राख्दै पोखरामा यस्तो तालिमको महत्व झनै बढ्दै जाने उनको भनाई थियो ।

सेभर नेपालको सहयोगी, नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको तालिममा ३३ जनाको सहभागिता रहेको थियो । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा तालिम संयोजक कुलचन्द्र शर्माले स्वागत तथा महासचिव हरिराम अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा नाट्टा गण्डकीका प्रथम उपाध्यक्ष सञ्जयकान्त सिग्देल, द्वितिय उपाध्यक्ष झवि अधिकारी लगायतले तालिमको महत्वबारे प्रकास पारेका थिए ।प्रशिक्षार्थीको तर्फबाट बोल्दै रमेशकुमार थापाले कार्यक्रम महत्वपूर्ण र लाभदायि रहेको बताउँदै आगामी दिनमा पनि नाट्टाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे । कार्यक्रम संयोजक चेतन कार्कीले कार्यक्रम आयोजनामा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कमेन्टहरु
Loading...