नाट्टा पोखराले बंगलादेश र भारतको कोलकातामा प्रवद्र्धनात्मक भ्रमण गर्ने

पोखरा, २० असार/नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराले पोखरासंगै समग्र नेपालको पर्यटन प्रवद्र्धनका लागि यहि २२ गतेदेखि बंगलादेश र भारतको कोलकत्तामा प्रवद्र्धनात्कम कार्यक्रम गर्ने भएको छ । संघद्वारा मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सप्ताहब्यापी उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइयो ।

प्रमोसनल टुरमा नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघमा आवद्ध सदस्यहरु,नेपाल पर्यटन बोर्डका प्रतिनिधी लगायत १८ जनाको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा बाल्दै संघ पोखराका अध्यक्ष दिलप्रसाद गौतमले यस भ्रमणपछि नेपाल र बंगलादेशविचको पर्यटन सम्बन्धमा सुधार आउने र आपसि लेनदेनको सहयोगमा बृद्धि आउने अपेक्षा राखिएको बताए । ‘हामी सकेसम्म पोखरा र नेपालका पर्यटकिय सम्भावनाहरु औल्याउने कोशिष गर्ने छौं’– गौतमले भने । यो भ्रमण बिदा मनाउनका लागि नभई ब्यस्त तालिका बनाएर नेपाल चिनाउनका लागि हुन लागेको उनको भनाई थियो ।

नेपाल पर्यटन बोर्ड क्षेत्रिय कार्यालय पोखराका कार्यालय प्रमुख उदय भट्टराईले यो भ्रमण बंगाली भाषिलाई लक्षित गरिंदै हुन लागेको बताए । ‘बंगलादेशको ढाका र भारतको कोलकाता दुबै ठाउँमा बंगालि भाषा बोलिन्छ र उनीहरुको संस्कृती पनि मिल्छ, त्यसैले उनीहरुलाई एकै पटकमा नेपाल आउन निम्तो दिनका लागि पनि यि ठाउँ रोजिकएको हो’–भट्टराईले भने ।

त्यस्तै नाट्टा पोखराका पूर्वाध्यक्ष समेत रहेका पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले नाट्टाले पोखराको पर्यटन प्रवद्र्धनका लागि यसअघि पनि भारतका विभिन्न शहरहरु, मलेशिया, सिंगापुर, दक्षिण कोरिया तथा नेपालकै विभिन्न जिल्लाहरुमा वर्षेनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिए । प्रवद्र्धनात्मक भ्रमण टोलीका संयोजक राजेश पहारीले कार्यक्रमका बारेमा प्रकाश पार्दै टोलीले बंगलादेशको राजधानी ढाका, प्रमुख पर्यटकिय शहर चटगाउँ, व्यापारिक शहर कक्सबजार तथा त्यहाँका धार्मिक एवं ऐतिहाँसिक महत्वका स्थलहरुको भ्रमण गरिने जानकारी दिए । संघ पोखराका महासचिव सुवास भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...