पोखरामा पर्यटन दिवसमा बिहीबार मिनी सडक महोत्सव हुने

पोखरा, १० असोज / पर्यटन दिवसको अवसर पारेर पोखरामा बिहीवार मिनी सडक महोत्सव हुने भएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराको आयोजनामा एक दिने मिनी सडक महोत्सव हुन

लागेको हो ।

मंगलबार पोखरामा आयोजीय पत्रकार सम्मेलनमा सडक महोत्सव बाराही चोकदेखि खहरेचोकसम्म हुने

रेवानका उपाध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण बरालले जानकारी दिए । उनले महोत्सव साँझ ५ः००

बजेदेखि सुरु हुने छ ।

महोत्सवमा विभिन्न देशका खानाका परिकारको स्वाद लिन पाइने छ । नेपालका विभिन्न जातीय तथा धार्मिक

संस्कृति झल्कने सांस्कृतिक नृत्य प्रदर्शनी, वृत्तचित्रको प्रदर्शनी, सडकमै मनोरञ्जनात्मक कार्यक्रमहरुको

प्रस्तुतिका साथ मिनी सडक महोत्सव आयोजना हुने रेवान पोखराका पुर्व अध्यक्ष गोपी भट्टराईले जानकारी दिए

। सेप्टेम्वर २७ का दिन मनाईने विश्व पर्यटन दिवसमा पञ्चेबाजा, गन्धर्व गायन प्रस्तुती पनि प्रस्तुत हुने छन् ।

पोखरा आउने पर्यटकलाइ विभिन्न कार्यक्रम गरि स्वागत गर्ने अन्य पर्यटकीय सस्थाको तयारी छ ।

कमेन्टहरु
Loading...