लुम्बिनी भ्रमण बर्ष सफल पार्ने पोखराका पर्यटन व्यवसायी प्रतिबद्धता

पोखरा, २४ बैशाख / पोखराका पर्यटन व्यवसायीहरुले लुम्बिनी भ्रमण बर्ष २०७६ सफल पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लुम्बिनी भ्रमण बर्षको लागी रोड शो कार्यक्रम लिएर पोखरा पुगेको सिद्धार्थ होटल एशोसियसन नेतृत्वको रोड शो टोलीसंग अन्तरक्रिया गर्दै पोखराका पर्यटन व्यवसायीले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पश्चिमान्चल होटल संघ पोखराको आयोजनामा होटल बाराहीको सभाकक्षमा सम्पन्न अन्तरक्रियामा बोल्दैं व्यवसायीहरुले लुम्बिनी भ्रमण बर्ष २०७६ र आन्तरीक पर्यटन बर्ष २०१९ लाई संगसंगै लैजाने बताएका हुन्

कार्यक्रममा पोखरा होटल संघका अध्यक्ष विकल तुलाचनले लुम्बिनी र पोखरालाई अलग अलग राखेर नेपालको पर्यटन व्यवसाय फस्टाउन नसक्ने बताउदै पर्यटन व्यवसायी एक भएर दुबै गन्तब्यलाई प्याकेजको रुपमा विस्तार गर्नुपर्ने बताए ।

सो अवसरमा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरीन्जीबि पोखरेलले नेपालको समृद्धिको आधार पर्यटन भएको उल्ल्ेख गर्दै पोखराका पर्यटक लुम्बिनी र लुम्बिनी घुम्न आउने पर्यटक पोखरा आउने जाने सहज बातवरण बनाउन व्यवसायी र राज्य एक भई लाग्नुपर्ने बताए ।

पर्यटन व्यवसायी भरत पराजुलीले लुम्बिनी, चितवन र पोखरालाई जोडेर पर्यटकीय प्याकेज विस्तार गर्नुपर्ने बताउदैं आन्तरीक पर्यटन बर्ष २०१९ र लुम्बिनी भ्रमण बर्ष २०७६ ले यसकोलागी सहयोगी भूमिका खेल्ने बताए ।

कार्यक्रममा होटल एशोसियसन अफ नेपालका केन्द्रिय सदस्य चन्द्र प्रकाश श्रेष्ठले लुम्बिनी भ्रमण बर्षले पोखराको पर्यटनमा ठूलो टेवा दिने हुदां पोखरेलीहरुको सहयोग र साथ सधैभरी आवश्यक रहेको बताए ।

रोड शो कार्यक्रमका संयोजक रबिन्द्र शर्मा घिमिरेले लुम्बिनी भ्रमण बर्षमा जत्ति धेरै पर्यटको आगमन बढी हुन्छ त्यति धेरै पोखरालाई पनि फाइदा हुने तर्क गरे ।

सो अन्तरक्रिया कार्यक्रममा प्रदेश नं ५ का उद्योग, पर्यटन , बन तथा बातवरण मन्त्रालयका सूचना अधिकृत शेषदत्त चौधरीले प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण बर्षकोलागी प्रदेश सरकारले महत्वपुर्ण कदम चालेको बताए ।

गणेश पहारीको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा पश्चिमान्चल होटल संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, ऐगा पोखराका अध्यक्ष शंकर प्रसाद भट्टाराई, टेसा पोखराका अध्यक्ष रामचन्द्र गिरी, पर्यटन व्यवसायीहरु गोबिन्दराज भट्टाराई, लक्ष्मी बहादुर भट्टाराई, एब्टोका महासचिव डा. कउलेश कुमार, सिद्धार्थ होटल एशोसियसनका कोषाध्यक्ष भोजेन्द्र क्षेत्री, लुम्बिनी विकास कोषका नमराज अधिकारी लगायतले बोल्दै लुम्बिनी भ्रमण बर्ष २०७६ सफल पार्ने बताएका थिए ।

कमेन्टहरु
Loading...