टेवानको अध्यक्षमा पुनः कार्की, पर्यटकसंग संस्कार भित्रयाउनुपर्नेमा मन्त्रीको जोड

पोखरा, १ भदौ /“दिगो पर्यटनका लागि समान सहभागीता” भन्ने उदेश्यका साथ गठित पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को प्रथम साधरण सभा तथा अधिवेशनले पनः लक्की कार्की क्षेत्रीलाई अध्यक्षतामा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा रेनु थापा, महासचिवमा कमला गिरी, सचिवमा शोभा न्यौपाने पाण्डे, कोषाध्यक्ष्मा प्रभा पौडेल सुबेदी, सदस्यहरुमा पार्वती पौडेल, मनु हिराचन , इश्वरी पौडेल, हरिकला पहारी, कमला गुरुङ, शोभा पौडेल सहित ११ जनाको कार्य समिति निर्बिरोध चयन भएको हो ।

अधिवेशन तथा साधरण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ५ बर्षमा २० लाख पर्यटक भित्राउने बहानामा बिकृति भित्राउने नहुने बताए ।

गुरुङले सस्कार र संस्कृति सिक्ने र सिकाउने पर्यटक भित्रयाउन तिर सोच्नु पर्ने कुरामा पर्यटन व्यवसायिले जोड दिनु पर्ने बताए । मन्त्री गुरुङले करको कुरा कोट्याउदै स्थानिय निकायमा लागु हुने कर प्रणालीलाइ सकरात्मक रुपमा लिन समेत आग्रह गरे ।

संस्था गठन छोटो समयमा पर्यटन व्यवसायमा उपलव्धि मुलक काम गर्न सफल भएकोमा संस्थालाइ सकरात्मक कामका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले टेवानले स्थापनाको छोटो समयमा नै पर्यटन व्यवसायमा आवद्ध महिलाहरुलाइ सिप तथा क्षमता अभिबृद्धिका उपलब्धी मुलक कार्यक्रम ल्याएर पर्यटन व्यवसायमै फड्को मार्न सफल भएको भन्दै शुभकामना व्याक्त गरे ।

पर्यटन बोर्ड गण्डकीका प्रमुख सुर्य थपलीयाले संस्थाले गरेका उपलब्धी मुलक र सकरात्मक कार्यको लागि सहयोग गर्न बोर्ड तयार रहेको बताए । संसथाका सल्लाहकार टिकाराम सपकोटा, पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, लगाएतले शुभकामना मन्तब्य रोका थिए ।

कार्यक्रममा तदर्थ समितिका कार्यसमिति सदस्य पार्बती पौडेललाइ संस्था दरिलो बनाउन उत्कृष्ट कार्य गरेकोमा सम्मान गरिएको थियो । स्थापनाको ६ महिना भित्र पहिलो साधरण सभा मार्फत नयाँ कार्यसमिति चयन गर्नुपर्ने विधानको व्यवस्था अनुसार तदर्थ समितिलाई बिघटन गरि नयाँ कार्य समिति गठन गरेको हो ।

संस्थाका सल्लाहकार टिकाराम सापकोटो संयोजकत्वमा गठन भएको निर्वाचन मण्डलमा संस्थाका सल्लाहकार मन्दरा ढकाल र इन्दिरा बराल रहेका थिए ।

कार्यक्रममा संस्थाका महासचिव कमला गिरीले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष प्रभा पौडेल सुबेदीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका महासचिव कमला गिरीले संचालन गरेको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष रेनु थापाले गरेकी थिइन ।

तदर्थ समितिका अध्यक्ष लक्की कार्की क्षेत्रिको अध्यक्षतामा सम्पन्न कार्यक्रमले बिभिन्न व्यवसायमा आवद्ध महिलाहरुको उपसमिती पनि गठन भएको छ ।

कमेन्टहरु
Loading...