गुर्जा हिमाल आरोहण गर्न गएका ४ नेपाली सहित ९ बेपत्ता

पोखरा, २७ असोज / म्याग्दीको गुर्जा हिमाल आरोहरण गर्न गएका चार नेपाली सहित नौ जना पर्यटक हिम पहिरोमा पुरिएर बेपत्ता

भएका छन्। धौलागिरी गाउँपालिका–१, गुजास्थित ७ हजार १ सय ९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणमा गएका दक्षिण कोरियाका

५ जना नागरिक र चार जना नेपाली हिमपहिरोमा परेर बेपत्ता भएका हुन्।

दक्षिण कोरियाका किम चङ होको नेतृत्वमा ५ कोरियाली र गुर्जाकै २६ वर्षीय नेत्र बहादुर छन्त्याल सहित चार नेपाली हिमाल आरोहणमा

गएका थिए। बाँकीको पहिचान हुन सकेको छैन।

हिमाल आरोहणका लागि बेसक्याम्पमा बसेको ९ जनालाई हिम पहिरोले पुरेको हो । शनिबार बिहान उद्धारका लागि गएको सिम्रिक

एयरको हेलिकप्टर खराब मौसमका कारण बस्न सकेन। हेलिकप्टरका पाइलटले दिएको जानकारी अनुसार ८ जना जति मानिसहरू

छरिएर रहको देखीएको बताए ।

कमेन्टहरु
Loading...