प्रदेश ४ मा आउने पर्यटकको तथ्यांक राख्ने तयारी

पोखरा, २२ असार /प्रदेश ४ को सरकारले पर्यटकको तथ्यांक राख्ने तयारी थालेको छ । आगामी आर्थिक वर्ष साउन देखी प्रदेश भित्रने विभिन्न नाका र विमानस्थलबाट भित्रिने आन्तरिक तथा विदेशी पर्यटकको तथ्यांक राखने भएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जुद्ध गुरुङको संयोजकत्वमा बनाएको कार्यदलले दिएको सुझाबका आधारमा तथ्यांक राख्ने तयारी गरेको हो । प्रदेश ४ मा आउने पर्यटकहरुको मुग्लिङ पुल नजिकै आँबुखैरेनी, स्याङजाको राम्दी, कोरला, आरुघाट, मनकामना केबुलकार र पोखरा विमानस्थलमा प्रहरी मार्फत तथ्यांक संकलन गर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साले जानकारी दिए ।

उनले यस प्रदेशमा आउने पर्यटकको तथ्यांक संकलन नहुँदा वर्षमा के कति पर्यटक आए भन्ने यकिन नभएकाले तथ्यांक संकलन गर्न लागेको मन्त्री लम्सालले बताए ।

कमेन्टहरु
Loading...