चिनिया गाडीमा नेपाल भ्रमण वर्षको लोगो टासेर निमन्त्रणा

पोखरा, ३ साउन / नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउनका लागि विभिन्न प्रचारका कार्यक्रम गर्दै आएको छ । पर्यटन व्यवसायीले पनि सरकारको त्यस कामलाई सघाउदै आएका छन् ।

पर्यटन वर्ष सन् २०२० को प्रचारका लागि पोखराका पर्यटन व्यवसायीले चिनिया गाडीमा नेपाल भ्रमण वर्षको लोगो टासेर चिनिया पर्यटकलाई निमन्त्रणा दिएका छन् । चिनको हान्जाउ शहरबाट आएका चिनिया पर्यटकलाई पोखरामा स्वागत गर्दै पोखराका व्यवासायीले चिनिया पर्यटकलाई भ्रमण बर्षको निम्ता दिए ।

चिनिया गाडीमा नेपाल भ्रमण वर्षको लोगो टासेर निमन्त्रणा
चिनिया गाडीमा नेपाल भ्रमण वर्षको लोगो टासेर निमन्त्रणा

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराई र रेवान पोखराका सदस्य नरेश भट्टराईले चिनबाट ७ वटा गाडीमा आएका पर्यटकहरुलाई स्वागत गर्दै उनीहरुको गाडीमा भ्रमण बर्षको लोगो समेत टासेका हुन् । चिनिया व्यवासायीका टोली नेता स्याउसीलाई नेपालको झण्डा र भ्रमण वर्षको लोगो दिदै भट्टराईले भ्रमण बर्षको निमन्त्रणा दिए ।

चिनिया गाडीमा नेपाल भ्रमण वर्षको लोगो टासेर निमन्त्रणा
चिनिया गाडीमा नेपाल भ्रमण वर्षको लोगो टासेर निमन्त्रणा

अफरोडमा चल्ने अत्धुनीक गाडीमा चिनिया व्यवसायीहरु रसुवा हुदै काठमाडौ, चितवन, लुम्बिनी हुदै पोखरा आएका थिए । उनीहरु पोखरामा दुई दिन बसेर तनहुँको बन्दीपुर हुर्दै पुन रसुवाबाट चिन फर्किने छन् । चिनिया टोलीका स्याउसीले नेपाल घुम्दा धेरै नै आनन्दीत भएको बताउदै सडकलाई राम्रो बनाउन पर्ने सुझाब दिए ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले नेपाल पर्यटक ल्याउन चिन र भारतमा बढी मात्रमा प्रचार प्रसार गरेरमात्रै पनि नेपालमा ठुलो सख्यामा पर्यटकहरु आउने बताए । त्यसै गरि रेवान पोखराका सदस्य नरेश भट्टराई भ्रमण बर्षलाई लक्ष्त गरेर सडक सञ्जाललाई राम्रो बनाउनु पर्ने बताए ।

चिनिया गाडीमा नेपाल भ्रमण वर्षको लोगो टासेर निमन्त्रणा

चिनिया गाडीमा नेपाल भ्रमण वर्षको लोगो टासेर निमन्त्रणा

Posted by Ganthan.com on Thursday, July 18, 2019

 

कमेन्टहरु
Loading...