चापाकोट पर्यटन प्रवद्र्धन समितिको अध्यक्षमा पराजुली

पोखरा, १२ भदौ /पोखरा महानगरपालिका २३ अन्तर्गत चापाकोट गाउँमा चापाकोट पर्यटन प्रवद्र्धन समिति

गठन भएको छ । भिमप्रसाद पराजुलीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो । समितिको

उपाध्यक्षमा कविता देवकोटा, सचिवमा घनश्याम पराजुली, सहसचिवमा हेमराज पौडेल, कोषाध्यक्षमा

चन्द्रकुमारी राना चयन भएका छन् । त्यसै गरि समितिको सदस्यहरुमा मेघनाथ पराजुली, दुर्गाबहादुर परियार,

ऋषिराम देवकोटा, मञ्जु देवकोटा, नरबहादुर विक, नर वहादुर परियार, लक्ष्मी पराजुली, ओम कुमार विक रहेका

छन् । गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ)को सक्रियतामा समितिले विश्वराज पराजुलीको अध्यक्षतामा सात

सदस्यीय होमस्टे कमिटि समेत गठन गरेको छ । कार्यक्रममा भिटोफ गण्डकी प्रदेसका अध्यक्ष रविन्द्रराज

पौडेलले होमस्टे संचालन सम्वन्धि कार्यविधि, न्यूनतम पूर्वाधारहरु एवंम् होमस्टेले गाउँको विकासमा पुराउन

सक्ने फाइदाको बारेमा प्रकाश पारे । भिटोफ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले भिटोफले

गरेका कार्यहरु एवंम् ग्रामिण पर्यटनले गाउँ विकासमा टेवा दिने बताए ।

भेलामा पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष विष्णु प्रसाद पराजुलीले सबै जना एक जुट

भएर अगाडी बढेमा होमस्टे मार्फत त्यस क्षेत्रको विकास गर्ने सकिने बताए । भेलामा समाजसेवी हरी लामिछाने,

लोकनाथ पराजुली लगायतले समग्र चापाकोट गाउँमा रहेका पर्यटकीय सम्भावनाहरुलाई अगाडी वढाउन समिति

सधै अग्रसर रहनु पर्ने बताए । नव गठीत समितिका अध्यक्ष भिम पराजुलीले भिटोफलाई सहकार्यका साथ

प्रबद्र्धन गर्न आग्रह गर्दै पर्यटन प्रबद्र्धन गरी गाउँको विकास गर्न होमस्टे कोशेढुङ्गा सावित हुने बताए ।

कमेन्टहरु
Loading...