सुनसरीको वराहक्षेत्रमा श्रीराम तारक ब्रम्ह महायज्ञ हुने

पोखरा ११ माघ​/पुर्वी नेपालको सुनसरी जिल्लामा रहेको ऐतिहासिक वराहक्षेत्रस्थित चतराधाममा ७०५ वर्षपछि नेपालमा पहिलो पटक महायोगी सिद्धबाबा श्री वैष्णव कृष्णदासजी महाराजको सत्सङ्कल्पमा श्री राम तारक ब्रम्ह महायज्ञ माघ २७ गतेदेखि हुने भएको छ ।उक्त महायज्ञको सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको जगत्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ सिद्ध महायोग ध्यान केन्द्र पोखराका अध्यक्ष भोला वरालले जानकारी दिएका छन् ।

साथै सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीद्धारा माघ २६ गते महायोगी सिद्धबाबा श्री वैष्णव कृष्णदासजी महाराजबाट दिक्षित साधक साधिकाहरुको करिब आठ करोडको लागतमा जगत्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ परिसर, वराहक्षेत्र धाममा निर्माण गरिएको सुबिधा सम्पन्न एक सय २६ कोठाको आवास गृहको समेत उद्घाटन गर्नुहुने छ । उक्त आवासको क्षमता २५ सय रहेको छ ।सोही अवसरमा सम्माननिय राष्ट्रपति विद्यादेवि भण्डारीद्धारा हरित क्रान्त्रि अभियानको समेत सुरुवात गरिने कार्यक्रम रहेको जगत्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ सिद्ध महायोग ध्यान केन्द्र पोखराका अध्यक्ष भोला वरालले वताए ।

उक्त महायज्ञमा देश विदेशमा रहेका १२ सय साधक साधिकाहरुले एक अर्ब ६० करोडको मन्त्र जप अनुष्ठान गरिरहेका पनि उनले वताए ।महायज्ञमा देशविदेशबाट आउनु हुने सन्तमहात्मा एवम् जगत्गुरुहरुको दिव्य समागमका साथै अन्य क्षेत्रका माननिय व्यक्तित्वहरुको समेत उपस्थिति रहने भएकोले आत्मिक भौतिक लाभ प्रदान हुने उक्त महायज्ञमा सहभागी हुन महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारी आग्रह गरेका छन्।

कमेन्टहरु
Loading...