बंगलादेश र भारतको कोलकत्तामा निम्तो दिदै नाट्टा टोली पोखरा फर्कियो

पोखरा, ३० असार /बंगलादेश र भारतको कोलकत्ताका नागरिकहरुलाई नेपाल घुम्न निम्तो दिंदै नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघको टोली शुक्रबार पोखरा फर्किएको छ । टोलीले बंगलादेशको राजधानी ढाका, व्यापारिक शहर चट्गाउँ तथा पर्यटकिय शहर कक्सबजार लगायतका प्रमुख शहरहरुमा पुगेर त्यहाँका व्यवसायिहरुसंग अन्र्तक्रिया गरेको थियो ।

त्यसैगरि टोलीले भारतको व्यस्त शहर कोलकत्तास्थित पर्यटन व्यवसायिहरुसंग पनि दुई पक्षिय सहयोगका बारेमा अन्र्तक्रियात्मक छलफल गरे । छलफलमा सहभागिहरुले नेपाल–बंगलादशे–कोलकत्ता पर्यटन आदान प्रदानका लागि यातायात सेवा सहज हुनुपर्नेमा जोड दिए । ‘पोखरा जिवनमा एकपटक घुम्नै पर्ने शहर हो’– बुधबार कोलकत्तामा आयोजित अन्र्तक्रिया कार्यक्रममा नाट्टा पोखराका अध्यक्ष दिलप्रसाद गौतमले भने । उनले नेपालका अन्य पर्यटकिय शहरहरुका बारेमा पनि सहभागिहरुलाई जानकारी दिए ।

अन्र्तक्रिया कार्यक्रमका प्रमुख अतिथि कोलकत्ताका लागि नेपाली सद्भाव दूत एकनारायण अर्यालले नेपाल र भातरविच जनता–जनताको, सरकार–सरकारको र व्यापारी–व्यापारिविच सम्बन्ध रहिआएको बताए । कोलकत्तामा मात्रै झण्डै ३ लाख नेपालीहरु विभिँन्न पेशा व्यवसायि अबलम्बन गर्दै बसेको जानकारी दिंदै उनीहरुले पनि पोखराका बारेमा निकै अभिरुचीका साथ सोधपुछ गर्ने उनले सुनाए । पोखरा नेपालकै मात्र नभएर विश्वकै सुन्दर शहरमध्येको एक भएको भन्दै उनले घुम्न रुचानउने कलकत्ताका नागरिकसामु एकपटक पोखरा जान आग्रह गरे ।

कार्यक्रममा पर्यटन सेवा संघ कलकत्ताका अध्यक्ष सन्दिपन विश्वासले कोलकत्ताबासिहरुका लागि पोखरा नजिकैको सुरक्षित र सहज भएको जानकारी दिए । ‘पोखराका लागि जतिपनि प्याकेज पठाएँ, कसैबाट पनि आजसम्म असुन्तुष्टिको स्वर सुँन्न परेको छैन, तपाईहरु पनि पोखरा पुगेर फर्कदाँ प्रफुल्ल हुनुहुनेछ’–उनले भने । पोखरासंग सिधै हवाई सेवा जोडन सकिने भए पोखरा जाने पर्यटकको संख्या तेब्बरले बढ्ने उनको दावी थियो ।

अन्र्तक्रिया कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले पोखराका व्यवसायिहरुले देशकै पर्यटन उद्योगको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिए । पोखरा घुम्न आउने पर्यटकलाई कुनैपनि प्रकारका असहजता आए सहयोगका लागि छाता संगठन परिषद् तत्पर रहेको पनि शर्माले भने । त्यस्तै कलकत्तास्थित न्यूज २४ का प्रमुख अग्रज पत्रकार अविजित नान्दे मोजम्दारले आफुले नेपाल र नेपालीलाई सरल र मिजासिलो छिमेकीका रुपमा लिएको बताए ।

नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका प्रमुख उदय भट्टराईले पोखराको पर्यटकिय स्थलका बारेमा चर्चा गरेका थिए । नाट्टा पोखराका महासचिव सुवास भट्टराईले सञ्चालन गरेको कार्यक्रममा भ्रमण टोलीका संयोजक राजेश पहारीले भ्रमणका उद्देश्यबारे प्रष्ट पार्दै भ्रमण सफल पार्न सहयोग गर्नेहरुप्रति धन्यबाद ज्ञापन गरेका थिए ।

कमेन्टहरु
Loading...